एजेन्सी/ रूसस्थित साइबेरियाको एक व्यापारिक मलमा आगालागी हुँदा ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ जना बालकसमेत रहेको जनाइएको छ । रुसी सञ्चार माध्यामलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुमा आएका खबर अनुसार स्थानीय समय अनुसार आइतबार साँझ आगलागी भएको हो।
खबर अनुसार दक्षिणी साइबेरियामा रहेको केमेरेभो शहरमा रहेको ‘विन्टर चेरी’ कम्प्लेक्स आगलागी भएको हो । उक्त कम्प्लेक्समा सिनेमा हल, सपिङ सेन्टर, रेष्टुरेण्टहरु रहेका थिए । आगलागीमा परि करीब ५० जना जति घाइते रहेको बताइएइको छ ।
ठूलो संख्यामा अग्नी नियन्त्रकले आगो निभाउने प्रयास गरिरहेको र आगो पूर्ण नियन्त्रणमा आइनसकेको जनाइएको छ ।