काठमाडौं/ आफूमाथि ढुङ्गा हान्नेलाई तपाई के गर्नुहुन्छ ? ढुङ्गैले जवाफ दिनुहुन्छ कि फूल बर्साउनुहुन्छ ? तपाईं जे गरे पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आफूमाथि ढुङ्गा बर्साउनेलाई फूलको थुङ्गा फर्काएका छन् ।

प्रसङ्ग ट्वीटरको हो । ट्वीरटरमा सक्रिय एमालेका वरिष्ठ नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत वर्तमान राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति र परराष्ट्रमन्त्रीलाई उनीहरुको शैक्षिक योग्यताको विषयलाई लिएर कडा आलोचना र व्यंग्य प्रहार गरेछन् ।

अच्युत वाग्ले नामक ती व्यक्तिले ट्वीटर यस्तो पोष्ट गरेका छन्, “नेपालको यो बिशेषता कारण छ्न । रास्ट्रपति IA फेल, प्रधानमन्त्री SLC फेल, उपराष्ट्रपति Test फेल र परराष्ट्रमन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छन् । उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोह भन्दा अर्को छैन ।” परराष्ट्रमन्त्री ज्ञवालीले रिट्वीट गरेर जवाफ फर्काउनु र उनको लेखाईमा देखिने दम्भले उनी अरु केही नभए पनि डिग्रीधारी चाहिँ पक्कै हुन् भन्ने झल्किन्छ ।