काठमाडौं/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटना भएको युएस बंग्ला विमानमा आगलागी भएको छ।

अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको हो। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार विमान आकाशबाट एकैपटक तल ओर्लियो, ल्याण्ड नभई साँखुतिर हान्नियो।

जहाज फेरि फर्केर घरतिरै ठोक्किएलझैँ गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा धुवाँ देखिएको बताए।