काठमाडौं/काठमाडौंको झोछेबाट १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२ का ४० वर्षीय सुरेश सर्राफ र वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ रहेका प्रहरीले जनाएको छ ।
काठमाडौं–२३ स्थित झोछेमा अवैध सुनचाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गरेको अप्रेशनमा उनीहरु उक्त परिमाणको चाँदी र ९८ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।