सिन्धुली/ सिन्धुलीमा जन्ती बोकेर जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना जन्ती घाइते भएका छन् ।
सोमबार बिहान मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा बिहान १ बजे इन्द्र माझीको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलाहा इन्द्र माझी भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।