मोरङ/ मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ स्थित बुधबारेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय ३७ वर्षीया श्रीमती कौशिला राईको हत्या गरी उनका श्रीमान किरण भनिने कुमार राई फरार भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जनाए ।
शनिबार राती मादक पदार्थ सेवन गरी दम्पतीबीच आपसी झगडा भएको अवस्थामा आइतबार विहान घरमा कौशिला मृत अवस्था फेला परेकी थिइन् । कुमार विहान ७ वजे घरबाट फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।टाउकोमा चोट देखिएको शवको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
मजदुरी गर्ने दम्पत्ती यसअघि पनि मादक पदार्थ सेवन गरी झैझगडा गरिरहने गरेको स्थानीयले बताएका छन् । उनीहरुका २ वटा साना छोरा रहेका छन् ।