धरान/अनेमसंघ धरान नगर समितिले धरान ११ र १६ को सिमानामा गिट्टी कुटेर जीविकोपार्जन गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरेको छ ।अनेम सँगले सम्मान सँगसँगै श्रममिक महिलाका (दुःख) समस्याका बिषयमा छलफल गर्न अन्तकृयापनि आयोजना गरेको थियो ।
छलफलमा बोल्दै श्रमिक महिलाहरुले श्रम अनुसारको मुल्य नपाएको र जोखिमपुर्ण श्रम गर्नु परेको गुनासो गरेका थिए । उनीहरुले श्रमिक महिलाहरुको आर्थिक तथा सामाजिक अबस्था सुधार्न सरकारी स्तरबाट कार्यक्रम सञ्चालन गर्न दबाब सृजना गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेम सघं सुनसरी सुनसरीकी कार्यबाहक अध्यक्ष बेणु काफ्लेले श्रमिक महिलाहरुले अब समान श्रमको समान ज्याला पाउनु पर्ने बताइन ।
ज्यालामा बिभेद गर्नु मानबिय अपराध हो,अबको आन्दोलन समानताको हुन्छ काफ्ले ले भनिन । श्रमिक महिलाहरुलेपनि आफ्ना कुराहरु समुह मार्फत बाहिर ल्याउनु पर्नेमा जोड दिदै प्रमुख अतिथी काफ्लेले भनिन् ‘तपाईहरु आफ्ना कुरा राख्न तयार रहुन होस् हामी तपाईहरुको नेतृत्व गछौै । कार्यक्रममा अनेम संघका नेत्रीहरु निर्मला राई, रुफिना गुरुङ, लहरु जिमी लगायतको उपस्थिति रहेको थियो । अन्मसंघ, धरानकी सचिव विजयकला राईले सञ्चालन गरेको उक्त कार्यक्रममा नगर उपाध्यक्ष पद्मा सुब्बाले स्वागत मन्तव्य राखेकी थिईन् ।
अष्ट्रेलियन नागरिकहरुको समेत उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता अनेमसंघ धरान नगर अध्यक्ष रन्जु भण्डारीले गरेकि थिइन ।श्रमिक महिला दिवसकै अवसरमा वी पी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत दुई सय विरामीहरुलाई फलफुल समेत बितरण गरिएको अनेम सघंकी नेतृ लिला राईले बताईन ।































