
इटहरी /इटहरी उपमहानगरपालिकाले १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नौ जनालाई सम्मान गरेको छ ।
श्रमिक दिवस सप्ताह व्यापी कार्यक्रम अन्तरगत विहीबार इटहरीमा भएको कार्यक्रममा नगरवाल सञ्जालका अध्यक्ष नवराज भट्टराई सहित नौ जनालाई सम्मान गरेको हो । कार्यक्रममा भट्टराई सहित उद्यमी महिला रिता मिश्र सुवेदी, टिकाकुमारी न्यौपाने, व्यूटिसियन लिला राई, सिटी सफारी चालक कविता चौहान, श्रमिक महिला गोमा कार्की र चन्द्रकला चौधरी, एकल महिला तारा बस्नेत र इटहरी उपमहानगरपालिकाकी कर्मचारी इन्दिरा कोइरालालाई सम्मान गरिएको हो ।
प्रदेश नम्वर १ की उप–सभामुख शारदा पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहित इटहरी उपहानगरपालिकाकी उप–मेयर लक्ष्मी गौतमले उनीहरुलाई सम्मान गरेका थिए । अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीका महिला सञ्जाल इटहरीले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो । सोही अवसरमा विहीबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा महिला अधिकारकर्मी, राजनीतिक दल तथा इटहरीका व्यवसायिक महिलाहरुको सहभागिता रहेको थियो ।