बलिउडका रियल प्रेमजोडी नायिका दीपिका पादुकोण र नायक रणबीर सिंहको तत्काल विवाह हुने सम्भावना टरेको छ । उनीहरुले विवाह गर्न आँटेको भनेर केही मिडियाले खबर फैलाएका थिए ।

चलचित्र ‘पद्यमावत’ को विशेष प्रदर्शनमा एक-अर्काको हात समाउँदै उपस्थित भएका दीपिका-रणबीरलाई आफ्नो क्यामेरामा कैद गर्ने मिडियाले समाचार नै बनाए-‘अब दीपिका र रणबीर विवाह गर्दैछन् ।’ त्यति मात्रै हैन दीपिकाको बाबुआमा मुम्बई आएर रणबीरको परिवारसँग भेटेर फर्किएको समेत दावी गरे ।

त्यहिबेला दिपिकाले भनिन्-‘अब म केही समय चलचित्रमा काम गर्दिनँ ।’ गसिपका लागि दीपिकाको त्यहि भनाई काफी थियो । दीपिकाको भनाई सुनेलगत्तै फेरि लेखियो, ‘बिराट-अनुष्कापछि दीपिका-रणबीरको बिहे पक्का ।’

तर, पछि मात्रै थाहा भयो दीपिकाले केही समय ब्रेक लिनुको कारण विवाह होइन । मेरुदण्डको हड्डीमा समस्या भएपछि चिकित्सकले उनलाई केही समय आराम गर्न सुझाव दिएका छन् ।

रणबीर भने अहिले चलचित्र ‘गुली ब्वाई र रोहित शेट्टीको ‘सिब्बा’ मा काम गर्ने तयारीमा छन् ।