काठमाडाै । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । ०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्पत विद्युत्त उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत्त उत्पादन भएको छ ।
सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी निकायहरुमा छतछतमा सोलार राखेर उत्पादन भएको बिजुली नेपाल विद्युत्त प्राधिकरण ग्रीडसँग जोडिएको छ । सोलारका लागि चिनियाँ सरकारले नेपालललाई ५५ करोड दिएको थियो भने जडानको काम ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले गरेको थियो ।
सोलारबाटै बिजुली आपूर्ति हुन थालेपछि सिंहदरबारमा विद्युत्त सेवाका लागि सहज भएको छ ।