साविकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर, मधुवन मिलेर नयाँ संघीय संरचनामा वराह नगरपालिकाको निर्माण भयो । गाउँगाउँ मिलेर बनेको यो नगर शहरोन्मुख नगर हो ।

धार्मिक दृष्टिले संसारै महत्वपूर्ण वराहक्षेत्र धार्मिक स्थल, प्राचीन हरिद्वार, रामधुनी तीर्थ, छिन्नमस्ता देवी यहाँका प्रसिद्ध तीर्थ हुन् । पुरातात्विक ऐतिहास दृष्टिले यहाँका सूर्यकुण्ड, चौदण्डा महत्वपूर्ण छन् । महेन्द्रनगर, प्रकाशपुर, मधुवनका कृषि योग्य फाँटहरुले आधुनिक कृषि खेती, पशुपालन र मत्यस्पालनको सम्भावना बोकेका छन् ।

जलयातायात र हाइड्रोपावरका दृष्टिले मुलुककै ठूलो सम्भावना बोकेको क्षेत्र हो वराह नगरपालिका । तर पनि विकास र प्रवद्र्धनमा निकै काम हुन भने बाँकी नै छ । वराह नगरपालिकालाई समृद्ध बनाउनका लागि राज्य, केन्द्र र स्थानीय सरकारले काम गर्न थुप्रै बाँकी छ । यस्ता काम धेरै तत्कालीन योजना अन्तर्गत गर्नु पर्ने हुन्छ भने दीर्घकालीन रुपमा सम्पन्न गर्नुपर्ने विकास निर्माण पनि छन् ।

विकासका पूर्वाधारको विश्लेषण गर्दा नगरलाई समृद्ध बनाउने दर्जनौं तर्क प्रस्तुत गर्न सकिन्छ । ती तर्कमा वराह नगरपालिकालाई तत्कालीन रुपमा विकास गर्न सकिने र दीर्घकालीन रुपमा विकास गर्न सकिने आधारहरु छन् ।

१. वराहक्षेत्र महेन्द्रनगर भरौल प्रकाशपुर मधुवन कालोपत्रे सडक, नगरबस संचालन, सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी अपांगता भएका ज्येष्ठ नागरिकलाई निशुल्क २. मधुवन–वराहक्षेत्र अध्ययन अनुसन्धान तथा धार्मिक पर्यटकीय करिडोर निर्माण ३. वराह नगरपालिकाको कृषि, दुग्ध, पशुपालनको विकासमा प्रवद्र्धन, अनुदानको व्यवस्था गर्ने, संस्थागत रुपमै बजार व्यवस्थापन र प्रवद्र्धन गर्ने, उद्योग स्थापनालाई आर्थिक प्रोत्साहन गर्ने ४. वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर, मधुवनका प्रमुख केन्द्र हेरी विशेष वडा कार्यालय र नागरिकको गुनासो सुन्ने केन्द्रको स्थापना गर्ने ५. हाम्रो नगर हाम्रै अधिकार कार्यक्रमअन्तर्गत बिक्री, ट्रेड, उद्योगको क्षेत्रलाई कर लगाई विकासमा सहभागी गराउने, जल, जमिन, जंगलको वैज्ञानिक प्रयोगवापतको शुल्क विकास निर्माणमा खर्च गर्ने ६. हाम्रो नगर हाम्रै दायित्व कार्यक्रम अन्तर्ग इच्छुक नागरिकको लगानीमा विकास निर्माणका कार्य सम्पन्न गर्ने र लगानी फिर्ता गर्ने वातावण निर्माण गर्ने ७. नगरका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता र विद्यार्थी, प्रतिभा, विकास प्रवद्र्धन र वैज्ञानिक क्षेत्रमा आर्थिक प्रोत्साहन गर्ने ८. खेलकुद, जलयात्रा, पदयात्रा, केबलकार, प्याराग्लाइडिङ, होमस्टेलगायत पर्यटन प्रवद्र्धनको क्षेत्रका सम्भावित विकास र प्रवद्र्धन गर्न नागरिक र विज्ञको सल्लाह लिने र कार्यान्वयन गर्ने । ९. वराह नगरपालिकाको पुरानो रेलवे केन्द्रको स्थापना रेल संचालनका लागि राज्य सरकार, केन्द्र सरकारसँग माग गर्ने, विमानस्थलको अवधारणामा विकासका लागि सर्वेका लागि सरकारसँग माग गर्ने १०. सुकुम्बासी समस्या समाधानका लागि लालपुर्जा वितरण गर्न आयोग गठन गरी घर नम्बर दिने व्यवस्था गर्ने ११. कोशी बाढी पीडितको उचित क्षतिपूर्तिको व्यवस्था गर्ने १२. वराह नगरपालिका भित्र समान सहभागिता र समान विकासको वितरण गर्ने १३. माथिका विकास निर्माण र उद्देश्यप्राप्तिका लागि अपेक्षित सहायक विकास निर्माण पनि गर्ने १४. उत्पादनका पकेट क्षेत्र निर्धारण गरी कृषि, पशुपालनलाई प्रोत्साहन गर्ने, नगरका वडा १ लाई अदुवा, बेसार, अम्रिसो, पशुपालन र कृषिको पकेट क्षेत्रका रुपमा लिई विकास गर्ने । १५. नगरका उच्च क्षेत्रमा भ्यु टावर निर्माण गर्ने, पर्यटक आकर्षण गर्न मनोरंजन पार्क, होमस्टे, घोडचढीलगायतका सम्भावनालाई संस्थागत गर्न निजी र नगरको साझेदारीलाई प्रोत्साहन गर्ने । १६. नगरभित्र र अन्य नगरसँग जोड्ने सीमामा रहेका खोला खोल्सीमा पुल, कजवे निर्माणका लागि जनता, नगर र छिमेकी नगरसँग सहकार्य समझदारी निर्माण गर्ने । तत्कालै पूरा गर्नु पर्ने जनगुनासोका योजना १. नगरपालिकाको कार्यालयलाई आकर्षक सुन्दर बनाउनका लागि गार्डेनिङ गर्ने २. नगर कार्यालय प्रवेश गर्ने सडकबाटो कालोपत्रे गर्ने, सडक किनारालाई गार्डेनिङ गर्ने, अव्यवस्थित बजार स्थानान्तरण गर्ने ३. नगरभित्रका हाट बजार व्यवस्थित गरी कर संकलन गर्ने ४. नगरभित्र लाग्ने धार्मिक, सांस्कृति मेला महोत्वसलाई नगरको मातहतमा ल्याउने, व्यवस्थापन गर्ने । ५. सरकारले वितरण गर्ने भनेको निशुल्क औषधि वितरणलाई प्रभावकारी बनाउने । ६. नगरमा वारुण यन्त्र, नगर प्रहरीलगायतको व्यवस्थापन । ७. युवाहरुमा सीप मुलक तालिम प्रदान गरी आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने ८. नगरका विकट क्षेत्रमा शिक्षा स्वास्थ्य र पूर्वाधारको पहुँच पुर्याउने । ९. आरक्षणबाट निस्किएका हिंसालु वन्यजन्तुको नियन्त्रण ।

यो नगरमा विकासका प्रारम्भिक पूर्वाधार छन् । सम्भावना छन् । उत्पादन छन् । तर पनि बजार आत्मनिर्भर छैन । गन्त्व्य छन् । पर्यटन प्रचुर छ । तर पनि प्रवद्र्धन छैन । जल छ । जंगल छ । जमिन छ । तर पनि उपयोग नीति छैन । यहाँ धर्म छ । संस्कृति छ । ऐतिहासिकता छ । पुरातत्व छ । तर पनि महत्व उजागर छैन ।

तसर्थ विकास निर्माणका यी सम्भावना र उल्लिखित सूत्रलाई वराह नगरपालिकाले ध्यान दिने, डीपीआर गर्ने र कार्यान्वयन गर्ने दिशामा जान आवश्यक छ ।