काठमाडौं/ विश्व हिन्दु परिषद नेपाल सप्तरीले मुश्लिम जातीका व्यक्तिलाई प्रदेश नं. २ को मुख्यमन्त्री बनाएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा बुधवार हिन्दु परिषद नेपाल र भातृ संगठन हिन्दु युवा परिषदले संयुक्त रुपमा ¥याली निकाली अध्यक्ष यादवको पुत्ला दहन गरेका हुन् ।
परिषदका जिल्ला प्रमुख जंग बहादुर सिंह, अध्यक्ष राम किशुन साह, अंचल सदस्य उमदेश्वर साह, यूवा परिषद्का जिल्ला अध्यक्ष गोपाल गुप्ता लगायतको सहभागिता रहेको थियो ।
टुडेखबरबाट