झापाको बिर्तामोडमा शुक्रबार जिल्ला सहकारी संघले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सचिव मैनालीले पछि समायोजन गर्न सकिने गरी हाललाई साविककै दरमा कर राजश्व बुझाउँदै गर्न सहकारीकर्मीलाई सुझाव दिए ।
सोही कार्यक्रममा झापा जिल्ला सहकारी संघले माघदेखि प्रकाशन आरम्भ गरेको मासिक खबर पत्रिका ‘झापाको सहकारी सेरोफेरो’ को विमोचन गरिएको थियो । रासस