बिहीबार सुनको मूल्यमा एक सय रुपैयाँले फेरि बढेको छ । बुधबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य बिहीबार प्रतितोला ५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ५५ रुपैयाँ कारोबार भएको थियो भने आज बिहीबार ५ रुपैयाँ बढेर ७ सय ६० रुपैयाँ कायम भएको छ ।