
पथरी । ब्रामण पुरोहितले कुनै पनि पूजापाठ गरेबापत संकलित रकम पुरोहितले लाने चलन छ । तर कानेपोखरी गाउँपालिका –६, रमाइलो निवासी ब्रामण बुद्धिनाथ लम्सालले एक स्कुलमा सरस्वती पूजा गरि दिए बापत संकलित रकम बषौँ देखि एक विद्यालयमा मृतक आफ्न्तको नाममा अक्ष्यकोष स्थापना गरेर रकम जम्मा गर्दै आएका छन् । कानेपोखरी–४, रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलमा यस बर्ष सरस्वती पूजाका दिन संकलित २ हजार ५ रुपैया रकम विद्यालयले बिहिबार ब्रामण बुद्धिनाथ लम्साललाई हस्तान्तरण गरेको हो । सो रकमलाई स्कुलका संचालक सदस्य खगेन्द्र थेबेले हस्तान्तरण गरेका थिए । ब्रामण लम्सालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागी बार्षिक रुपमा छात्रवृती प्रदान गर्नको लागी अक्ष्यकोष स्थापना गरेको लम्सालले बताए । प्रत्येक बर्ष दुईजना गरिव,असाहय र जेहेन्दार छात्रा छात्रलाई प्रदान गरिने बताए । ब्रामण लम्सालले २०७१ सालमा ‘अलेखःचन्दमाया’ स्मृती अक्ष्यकोष स्थापना गरेको हो । अहिले रकमको राशी २०हजार ८ सय भएको लम्सालले बताए । वुद्धिनाथ लम्सालको आफ्ना स्वर्गीय माता चन्दमायाको नाममा सो बरावरको अक्ष्यकोष स्थापना गरेका हुन । स्थापना गरिएको कोषलाई आगामी वर्षहरुमा बढाएर लैजाने प्रतिवद्धता समेत संरक्षकले जनाएको छ । यस अधि वुद्धिनाथ लम्सालले स्थापना कालदेखि विद्यालयमा भएको सरस्वती पुजाका दिन पुजापाठ गदै आएका थिए । २०६६ सालमा स्थापना भएको विद्यालयमा नर्सरी देखि कक्षा ८ सम्म ४ सय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।
 
                     
         
                                        
                                                                                                 
        































