हामी मध्ये धेरै चिसो हुनेबित्तिकै त्यहि खाना तताइरहन्छौ । सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु पर्यो भने तताउने गरिन्छ । तर चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि खतरा हुन सक्छ । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभई कतिपय अवस्थामा रासायनिक प्रतिक्रियासमेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् । पालुंगो – पालकमा नाइट्रेट नामक तत्व हुन्छ । जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ । सलगम – यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने सम्भावना हुन्छ । अण्डा – अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि तातोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने सम्भावना अधिक रहन्छ । मसरुम – मसरुम लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ। जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ । चिकेन – मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउँछन् तर यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ । आलु – आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।