बाँके/ चिकित्सककाे लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन्।
[caption id="attachment_47524" align="aligncenter" width="1600"]
सुत्केरी व्यथाले च्यापेपछि शिक्षण अस्पताल ल्याइएकी दैलेख चौडाखाकी २२ वर्षकी सीतासिंह शाहीको बिहीबार दिउँसो साढे ४ बजे मृत्यु भएपछि आफन्तले शुक्रबार दिउँसो तोडफोड गरेका हुन्। मृतक सीताका आफन्तले शिक्षण अस्पताल कोहलपुरका प्रशासन र इमर्जेन्सी कक्षका सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ।
तोडफोडबाट अस्पतालको प्रशासन र इमर्जेन्सीमा क्षति पुगेको अस्पताल प्रशासनले बताएको छ। सामान्य सुत्केरी भएको अवस्थामा समेत अस्पतालले लापरवाही गर्दा मृत्यु भएको आरोप परिवारजनले लगाएका छन्। नवजात शिशुको अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै कोहलपुर प्रहरीले जानकारी दिएको छ।
सीताका श्रीमान सशस्त्र प्रहरी बलमा कार्यरत छन्।