पथरी । प्रथम प्रदेश नंं. १ एभरेष्ट भेट्रान गोल्कप २०७४ को जारी फुटबल खेलमा पूर्वाञ्चल भेट्रान क्लब विजय भएका छन् ।
बिहिबार कानेपोखरी –५ स्थीत जहदाको खेलमैदानमा भएको खेलमा धरान भेट्रान क्लब सुनसरीलाई २–४ गोलको अन्तरले पूर्वाञ्चल भेट्रान क्लब बिजयी भएको हो । खेलको १७ मिनेटमा पूर्वाञ्चलका तर्फबाट तारा बहादुर पोवहाङले १ गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसैगरी खेलको १९ औँ मिनेटमा धरानको तर्फबाट राकेस राईले १ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसैगरी खेलको मध्यान्तर पछिको खेलहरुमा ४ औँ मिनेटमा धरानको तर्फबाट प्रेम घिमिरेले १ गोल थप्दै टिमलाई बलियो बनाएका थिए । त्यसैगरी खेलको १७ औँ मिनेटमा पूर्वाञ्चलका तर्फबाट सुरज श्रेष्ठले १ गोल गर्दै फेरी खेललाई बराबरीमा ल्याएका थिए । त्यसैगरी पूर्वाञ्चलका तर्फबाट १८ औँ मिनेटमा दर्शन भक्त जोशीले १ गोल र २५ औँ मिनेटमा सुरज श्रेष्ठले १ गोल गर्दै २–४ को अन्तरले पूर्वाअञ्चल विजय भएको हो ।
खेलको म्यान अफ द म्याच पूर्वाअञ्चलका सचिन्द्र धिमाल घोषित भएका थिए । एभरेष्ट भेट्रान क्लब कानेपोखरीको आयोजनामा भएको खेलमा दमक लखनपुर भेट्रान क्लब झपा, यृु.एन.आर भेट्रान इटहरी सुनसरी,एभरेष्ट भेट्रान क्लब मोरङ,विन्दवासिनी भेट्रान क्लब विराटनगर मोरङ,पूर्वाञ्चल भेट्रान क्लब, धरान भेट्रान क्लब सुनसरी,बिर्तामोड भेट्रान क्लब झापा र हाम्रो भेट्रान क्लब विराटनगर गरी ८ टिम सहभागी छन् । माघ ९ गते हुने फाइनल खेलको प्रथम हुनेले नगद रु ५१ हजार, दोस्रो हुनेले ३१ हजार,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । शुक्रबारको खेल आयोजक एभरेष्ट भेट्रान क्लब मोरङ र विन्दवासिनी भेट्रान क्लब विराटनगर मोरङ बिच हुने आयोजक समितिले जनाएको छ ।
































