जापान/ जापानको इसिखावामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।
[caption id="attachment_69637" align="aligncenter" width="710"]
काम सकेर घर फर्कने क्रममा कारले ठक्कर दिँदा बाग्लुङ नगरपालिका ६ का २० वर्षीय किरण सापकोटाको मृत्यु भएको जापानी संचार माध्यमले जनाएका छन् । कारको ठक्करले गम्भीर घाइते भएका सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुई वर्षअघि कुक भिषामा जापान आएका सापकोटा एक रेष्टुरेन्टमा कार्यरत थिए ।