धरान/लिम्बू मिथकमा आधारित ‘पालम विट’ को म्युजिक भिडियोको छायांकन गरिएको छ । [caption id="attachment_69393" align="alignnone" width="800"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] झापा र सुनसरीका विभिन्न स्थानमा भिडियोको छायांकन गरिएको निर्देशक बिक्रम फागो वनेमले जानकारी दिए । भिडियो माघको दोस्रो साताभित्र युट्युवमार्फत् सार्वजनिक गरिने निर्देशक वनेमले बताए । झापाको कन्काईमाई र धरानको पिण्डेश्वर मन्दिर परिषर तथा चुम्लुङ हिम भवनमा छायांकन गरिएको छ । तरुण तन्नेरीबीचको मायाप्रमेखलाई २० मिनेटको म्युजिक भिडियोमार्फत् देखाउने प्रयास गरिएको छ । जसमा दीप केरुङ, संगीता लावती र मनिता काङवाङ इङ्वारामले अभियन गरेका छन् । सुवर्ण नेम्वाङको रचना रहेको पालमलाई आशराज बोखिम र मनु नेम्वाङले स्वर भरेका छन् । भिडियो २ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गरिएको छ ।