Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • इजरायली प्रधानमन्त्री भारतमा

इजरायली प्रधानमन्त्री भारतमा

alt
  • पुस ३०, २०७४
  • ब्लाष्ट खबर

नयाँ दिल्ली/ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको भ्रमणको छ महिनापछि उहाँको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आउनुभएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा आउनुभएको हो । यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री नेतान्याहुको भ्रमणमा दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ । उहाँसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । उहाँहरुको सम्मानमा सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उहाँहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्नुहुने भएको समाचारमा जनाइएको छ । यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ ।

सम्बन्धित समाचार
बिमा बोर्डले भुक्तानी नदिँदा कर्मचारी तलबविहीन

वराहक्षेत्र । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले दाबी रकम भुक्तानी नगर्दा ...

अनियमितताको विरोध गर्दा तीन सदस्य बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना बोर्ड सदस्यहरूलाई बर्खा ...

ज्यान गुमाएका दलित परिवारलाई राहत

सिरहा । सिरहाको लहान–१९ कटहा गाउँका ४५ वर्षीय चमकलाल सदाको आफ्नै घरमा ई–रिक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बिमा बोर्डले भुक्तानी नदिँदा कर्मचारी तलबविहीन
अनियमितताको विरोध गर्दा तीन सदस्य बर्खास्त
ज्यान गुमाएका दलित परिवारलाई राहत
सामान्य विवादमा चक्कु प्रहार
कहिले तोडिएला भ्रष्टाचारको जालो ?
आजको राशिफलः २०८२ साल भदौ २० गते शुक्रबार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश
धरानको बजेट अझै पारित भएन
यामाहा कम्पनीका दुई बाइक सार्वजनिक
धरानबाट लागूऔषधसहित दुई पक्राउ
मालपोत कार्यालयका खरिदार २ लाख घूससहित पक्राउ
अमेरिका सपनाको अँध्यारो पाटो
आजको राशिफलः २०८२ साल भदौ १९ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved