काठमाडौं/रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको पुस २१ गते देखि १०० रुपैंया अंकित १ लाख ६५ हजार कित्ता अर्थात १ करोड ५६ लाख रुपैंया बराबरको आइपीओ बिक्री खुला भएको छ ।
आईपीओमा लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाउने व्यवस्था छ । कम्पनीले बिक्री खुल्ला गरेको एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई छुट्याइएको छ । पाँच प्रतिशत अर्थात आठ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषलागि बाँडफाँड गरिएको छ भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न लागिएको हो । यसको बिक्री सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । आईपीओमा पुस २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
यदि सो अबधिमा पनि आवश्यक मात्रामा आवेदन नपरेमा भने माघ ५ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले ७७ वटै जिल्लाबाट नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन गर्न सक्नेछन् ।