मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ७ र सुनवर्षी नगरपालिका ९ डाईनियामा आइतबार राती आगलागी भएको छ। आगलागीमा परी बुढीगंगा ७ का श्याम पौडेको कच्ची घर, कुखुराको फारम समेत जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षती भएको बताईएको छ।

पौडेलको घरमा राती ८;३० बजेतिर अचानक आगलागी भएको थियो। आगलागीको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भई रहेको छ।

त्यसैगरी आगलागीबाट सुनवर्षी ९ डाईनिया बस्ने मुरली साहको पक्की घर तथा सो घरमा रहेको कपडाको पसल, टेलरिङ समेत जल्दा अन्दाजी १० लाख बराबरको क्षती भएको छ।

साहको घरमा राती १० बजेतिर विधुत लाईन सर्ट भई आगलागी भएको बुझिएको छ। आगलागी स्थानीय प्रहरी र गाउँले मिलेर नियन्त्रण गरिएको छ।