धरान/धरान उप–महानगरपालीकाका मेयर तारा सुब्बाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेका छन ।

‘बहुजाती,बहुधार्मिक तथा बहुसांस्कृतीक शहर धरान लगाएत देश तथा विदेशका विभिन्न ठाउमा बसोबास गर्नुहुने गुरुङ समुदायमा तथा समस्त नेपालीहरुमा यस पर्वको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’मेयर सुब्बाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सुभकामना सन्देशमा विगतबाट कायम हुदै आएको सामाजिक एकता,आपसी सहयोग,धार्मिक सहिष्णुता अझ बलियो हुदै धरानको विकास र संबृद्धीमा लाग्ने प्रेरणा मिल्ने विश्वासपनि मेयर सुब्बाले ब्यक्त गरेका छन् ।