इटहरी । असहाय, हिंसा पिडित तथा मानसिक समस्या भएकाहरुको लागी इटहरीमा आवास गृह ‘माया घर’ निर्माण सहयोगार्थ श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञ शुरु भएको छ । इटहरी २ आयुर्वेदिक टोलमा शूरु भएको महायज्ञको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरिन् ।

माया घर निर्माणमा आर्थिक सहयोग जुटाउने उदेश्यले आयोजना गरेको सो कार्यक्रममा रामधुनी नगरपालिकाकी उमपेयर सविना चौधरी, महिला तथा बालबालिका कार्यालय सुनसरीकी प्रमुख शुलिा कार्की सहित विभिन्न संघ संस्था तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । पुराण वाचिका राधिका दासी जीको नेतृत्वमा हुने यज्ञ पश्चात् विभिन्न संघ संस्था तथा सहयागीको सहभागितामा माया घर आवास गृह निर्माण गरिने आयोजकले जनाएको छ ।

हिंशा पिडीतहरुको लागि सुरक्षा आवास गृह आश्रम निर्माण गरी हिंसा पिडितहरुको क्षेत्रमा काम गर्ने उदेश्य सहित माया घर निर्माण गर्न लागिएको आयोजक समितिकी सचिव सुभद्रा प्याकुरेल (सुवेदी)ले जानकारी दिइन् । हवाई चौक आयुर्वेदिक टोलमा हुने ज्ञान महायज्ञमा दैनिक बिहान ध्यान योग शिबिर, निःशुल्क स्वाथ्य शिबिर समेत गरिने आयोजकले जनाएको छ ।

मायाघर निर्माणको लागि क्लिन नेपाल तथा महिला शीप विकास केन्द्रले तीन कठ्ठा जग्गा उपलब्ध गराएको पनि आयोजकले जनाएको छ । सो स्थानमा पहिलो चरणमा ९ कोठा, २ वटा हल र भएको भवन निर्माण गरीने अध्यक्ष राधिका दासी जीले बताउनु भयो । ज्ञान महायज्ञमा शशस्त्र प्रहरी बलले आवसीय अस्थायी टहरा समेत निर्माण गरेको छ । महायज्ञको पूर्वसन्धामा शनिबार इटहरी बुढी गंगाबाट जल लिएर कलश यात्रा गरिएको थियो । इटहर बजार परिक्रममा पछि महायज्ञ स्थलमा पुगेर कलशयात्रा टुङ्गीएको थियो ।