इटहरी । सुनसरीको इटहरी ५ मा रहेको पर्यटकीय गन्तब्य काब्य बाटिकाको बेहाल हुन पुगेको छ । उचित प्रचार प्रसार तथा राज्यको लागानी सही ठाँउमा प्रभावकारी रुपमा सदुपयोग नहुदा काब्य बाटिकाको बेहाल हुन पुगेको हो । इटहरी ५ मा रहेको २ विगाह १९ कठ्ठा जमिनमा बहुसास्कृतिक पर्यटकीय क्षेत्रको कल्पनाका साथ सुरु भएको काब्य बाटिकाको अहिले नामै मात्रको हुन पुगेको छ । गेटमा भोटेताल्चा लाईएको छ ।
सरकारले पर्यटकिय क्षेत्रमा लगानी बढाई रहेको भए पनि स्थानीय सरकार र काब्य बाटिका समितिको हेलचेक्राईका कारण इटहरीको मुख्य क्षेत्रमा रहेको पर्यटकिय क्षेत्र ओझेलमा पदै आएको छ स्थानीय अगुवा तथा अधिवक्ता रमेश पोखरेलले भने । उपमहानगर र समितिको लापरवार्हीले काब्य बाटिका युवाहरुको लागु औषध सेवन गर्ने ठाउँको रुपमा विकास भएको भन्दै तत्काल संरक्षणमा लाग्न उनको आग्रह छ । अधिबक्ता पोखरेलले भने समितिमा वस्नेहरुको लापरवार्हीले काब्य बाटिकाको दुर्दशा हुन पुग्यो । काब्य बाटिकाको संरक्षणमा उपमहानगरपालीका लाग्नु पर्ने बताए ।
बर्षेनी सास्कृतिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागी सरकारबाट करोडौ बजेट जिल्ला भित्रिने भए पनि त्यसको प्रभावकारी कार्यान्यन र समितिले काम नगर्दा काब्य बाटिकाको अवस्था दयानिय अवस्थामा रहेको बुल्स इलेभेन क्लब इटहरीका अध्यक्ष पूर्ण राईले वताए । इटहरीको मटुमा रहेको करीव ३ विगाह जमिनमा रहेको पर्यटकय क्षेत्रको अवस्था नाजुक देखियो उनले भने । यता तत्कालीन समयका काब्य बाटिका समितिका अध्यक्ष ठमनाथ लम्सालले संस्था रिनो समेत नगरेको स्थानीयबासीहरुले आरोप लगाएका छन ।
काब्य बाटिकाको संस्थापक अध्यक्ष तथा परिकल्पनाकार विक्रम श्रीले आफुले पर्यटकिय क्षेत्र वनाउँन दक्षिण यशियाली मुत्र्तिकारहरुको कला संग्राहलय बनाउँनुको साथै वहुसास्कृतिक पर्यटक स्थल ,संष्टाहरु वस्ने तिर्थ स्थल, सष्टा तथा सर्जकहरुले थेसिसहरु लेख्ने ठाउँका साथै मुलुककै नमुना पर्यटकिय क्षेत्र वनाउँने अभियानमा थालेको काब्य बाटिका अहिले नामै मात्रको हुन पुगेको गुनासो गरे । पचरुखी बन उपभोक्ता समितिको नाममा रहेको जग्गा काब्य बाटिकाको नाममा लिएका थियौ कलाकार विक्रम श्रीले भने । म त्यहा हुन्जेल सम्म सयौ मानिसहरु त्यहाँ आउँथे २ वर्ष सम्म २२ जना मुत्र्तिकारहरु त्यहाँ बसे,मुर्ति सिके तर मैले तत्कालीन नगरपालीकालाई उक्त क्षेत्र हस्तान्त्रण गरेर हिडे पछि वेहाल हुन पुग्यो उनले भने ।
तत्कालीन समितिको कमजोरीको कारण पर्यटकिय क्षेत्र काब्य बाटिकाको बेहाल अवस्था भयो विक्रम श्रीले भने । संस्थाको रिनो समेत नगरी काब्य बाटिकालाई यता न उता ठमनाथ दाईले नै बनाउँनु भयो विक्रम श्रीले थपे । समितिको अध्यक्ष को त ? भन्ने पश्नमा उनले भने ठमनाथ दाई नै हो । उहाँत म हैन भन्नु भयो नी ? भन्ने संवाददाताको प्रश्नमा उनले हास्दै भने यस्ता गैरजिम्मेवार कुरा गर्नु पाईन्छ ? कस्लाई दिनु भयो उनले राजिनामा ? भन्दै कलाकार विक्रम श्रीले समितिकै कारण काब्य बाटिकाको बेहाल भएको आरोप लगाए ।
तत्कालिन काब्य बाटिका समितिका अध्यक्ष ठमनाथ लम्सालले आफु पहिला समितिमा रहदा सरकारबाट ७० लाख रुपैया लिएर घेराबारा गरेको भए पनि इटहरीमा कार्यकारी भएर आएका पशुपति खतिवडाको पाला देखि आफु समितिमा नरहेको जनाए । म अहिले समितिमा छैैन उनले थपे । इटहरीमा गणेश तिम्सिना कार्यकारी थिए त्यती वेला हाम्रो पहलमा ७० लाख आएको र उक्त रकमको विषयमा विवाद समेत भएको थियो उनले भ्ने । अहिले काब्य बाटिका बेहाल अवस्थामा पुग्यो लम्सालले भने ।
इटहरी उपमहानगरपालीकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले चौकीदार राखेर संरक्षण गरेको भए पनि यस क्षेत्रलाई के गर्ने भन्ने विषयमा छलफल भएको छैन उनले भने । सुरुमा पर्यटकिय स्थल बनाउँन मुर्तिहरु पनि बनाईएको थियो अहिले त्यो ठाउँलाई सदुपयोग गर्ने सकिएको छैन उनले स्वीकार गरे ।