काठमाडौँ/ सुनचाँदीको भाउ शुक्रबार घटेको छ ।
सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेको हो ।
यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।