सुर्खेत/ सुर्खेतको क्षेत्र नं. २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रका युवा नेता विन्दमान विष्ट विजयी भएका छन् । विष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।

विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै ल्याएका छन् । राज्यमन्त्री विष्टलाई पराजित गर्ने विन्दमान सुर्खेत जेल ब्रेक गर्ने मध्येका एक हुन् । तत्कालीन सुदिप मल्लको नेतृत्वमा विष्टसहितले जेल ब्रेक गरेका थिए ।

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिव हुँदै पार्टीको राजनीतिमा आएका विष्ट हाल पोलिटव्यूरो सदस्य हुन् ।