धरान । सुनसरी क्षेत्र नं. ३ प्रतिनिधी सभामा नेकपा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदार विरुद्ध पुनः अग्रता लिएकी छन् । उनले चौधरी भन्दा १ सय ५५ मतले अग्रता लिएकी हुन् ।  मतगणनाको सुरुवातदेखि नै एमालेकी भगवती चौधरीले अग्रता लिदै सुरुवातमा चौधरीले ३ हजारसम्मको अग्रता लिएकी थिइन् भने अहिले घटेर १ सय ५५ मा आइपुगेको छ । नेकपा एमालेकी भगवती चौधरीले २९,३२६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २९,१७१ मत प्राप्त गरेका छन् । अहिले मतगणना स्थलमा बदर मतमा विवाद उत्पन्न भएपछि मतगणना पूर्ण रुपमा स्थगित भएको सूचना गणनास्थलमा रहेका पत्रकार महासंघ सुनसरी उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिएका छन । सुनसरी २ मा कुल ८५ हजार १ सय ९७ मत खसेको थियो भने अहिलेसम्म ६४ हजार २ सय ३१ मत गणना भइसकेको छ  ।अब २० हजार ९ सय ६६ मत गणना गर्न बाँकी रहेको छ ।