सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा सदस्य (क) बाट बामगठबन्धनका एमाले उम्मेदवार जगदीश कुसियातसँग विजय बनेपछि ब्लाष्टले गरेको संक्षिप्त कुराकानीः [caption id="attachment_64059" align="alignleft" width="467"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] विजय हुनुभयो, यहाँलाई ब्लाष्टको तर्फबाट शुभकामना । अव कसरी अघि बढ्नुहुन्छ ? तमाम मतदाताको ऋणी भइसकेका छौं । त्यसले गर्दा खेरी निष्ठापूर्वक काम गर्ने सोच बनाएको छौं । मतदाता सामू गरेको बाचाहरु कहिले पूरा होला ।जनताले त्यो महसुस कहिलेसम्म गर्न पाउने ? हामी व्यक्तिगत छुइन, संस्थागत छु । संस्थागत गत रुपमाबाटै केही बाचाहरु गरेका छौं । त्यसको लागि सुनसरी ४ (क) का लिडरसिप साथीहरुसँग सहकार्य गरेर, जनताको इच्छा आकांक्षा बुझेर अनी कामको प्राथमिकता तय गर्ने छौं । कांग्रेस पकड क्षेत्रबाट चुनाव जित्नुभएको छ । उहाँहरुलाई कसरी मिलाएर अघि बढ्नुहुन्छ ? चुनाव जितिसके पछि म सबैको प्रतिनिधि हो । त्यसमा कुनै दुईमत छैन । यसमा कांग्रेसका साथीहरु आत्तिनु पनि पर्दैन । उहाँहरु आफै पनि सुध्रिदै जानु पर्छ । अहिलेको अवस्थामा देश नै एमालेमय भएको छ । कदम कदम मिलाएर अघि बढौं भन्ने आह्वान गर्न चाहान्छु । जहाँसम्म तपाईले कांग्रेसको गढ भन्नुभयो । मलाई त्यस्तो लाग्दैन । किनकी २०५४ सालमा यो क्षेत्रमा मैले नै चुनाव जितेको हुँ । त्यो भएर पनि मलाई त्यस्तो लाग्दैन । कांग्रेसका साथीहरु पनि हातेमालो गर्दै देश निर्माण तिर लागौं भन्ने आग्रह गर्छु । अव देशलाई समृद्धि तर्फ अघि बढाउने जिम्मेवारी हामीसँग आएको छ । प्रस्तुतिः भाेजराज श्रेष्ठ