सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट विजयी बनेका बामगठबन्धनका उम्मेदवार प्रदीप भण्डारीसँग ब्लाष्टले गरेको संक्षिप्त कुराकानीः चुनाव जित्नुभा’छ चुनावका बेला उठाउनु भएको मुद्दाहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ? हामीले जनतासमक्ष जुन प्रतिवद्धता गरेका छौं । ती प्रतिवद्धताहरुलाई दह्रोसँग कार्यान्वयन गर्ने कुरामा म प्रतिवद्ध रहने छु । तपाईहरुको पपुलर मिडिया ब्लाष्टमार्फत् आदरणीय मतादाताहरूलाई बामगठबन्धनको तर्फबाट र व्यक्तिगत तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गर्न चाहान्छु । उहाँहरुको शीर नझुक्ने गरी हामीले गरेका प्रतिवद्धताहरु पूरा गर्ने तर्फ आफ्नो पाइला अघि बढाउने छु । चुनावी मैदानमा ओर्लिरहँदा प्रदेशको राजधानीको चर्चा पनि चलिरहेको थियो । तपाईहरुले घोषणा गर्नु भएको प्रतिवद्धता पत्रमा पनि धरानमा राजधानी ल्याउन पहल गर्ने बताउनुभएको छ । अहिले राजधानीको विषयमा कसरी सोच्नुभएको छ ? हामीले गरेको प्रतिवद्धताहरु हामी विर्सनौं । हाम्रो प्रयास रहने छ । त्यो हामी बिर्सन्नौं । काग्रेसका किशोर राईलाई पराजित गर्नुभएको छ । अव उहाँहरुलाई कसरी मिलाएर लानुहुन्छ ? उहाँहरुलाई म सम्मान गर्न चाहान्छु । गर्छु । मेरो निकटतम प्रतिद्धन्द्धी किशोर राईको मतको कदर गर्दै उहाँहरुको भावनालाई समेत समेटेर अघि बढ्नेछु । तपाईले आफ्नो प्रदेशमा विकासको कार्याक्रमहरुलाई कसरी अघि बढाउनुहुन्छ ? अवको कुरा विकास र समृद्धिकै हो । हामी त्यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने छौं । धेरै नियम र कानूनहरु पनि बनाउनु पर्ने छ । समय केही लाग्छ । हाम्रो भनेको विकास र समृद्धि नै पहिलो प्राथमिकता हो । अन्त्यमा मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ? म फेरी पनि हामीलाई विश्वास गरेर विजय गराउने मतदाताहरुलाई हार्दिक आधार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । उहाँहरुको मतको सम्मान गर्दै जनताको भावनाको कदर गर्दै धरानको विकास र समृद्धिको निम्ति लाग्नेछु । सिंगो प्रदेशको समृद्धिको निम्ति प्रतिवद्ध भएर अघि बढ्नेछु ।