ओखलढुंगा/ओखलढुंगाको क्षेत्र नम्बर १ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका मोहन खड्का बिजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदिप सुनुवारलाई १ हजार ७ सय ७४ मतान्तरले पछि पादै बिजयी भएका हुन् । खड्काले १५ हजार ४ सय ८५प्रप्त गरेका छन् भने सुनुवारले १३ हजार ७ सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै सोहि क्षेत्रमा चुनावी प्रतिश्पर्धामा रहेका स्वतन्त्र उम्मेद्वार ज्ञनेन्द्र रुम्दालीले १ हजार ८ सय ५७ मत ल्याएका छन् । भने संघिय समाजवादी फोरमका दिनेश राईले ३ सय ३३ मत प्रप्त गरेका छन् ।
संगै ओखलढुंगाबाट प्रदेशसभा तथा प्रतिनिधि सभाको तिनै सिटमा बाम गठबन्धले जित हासिल गरेको छ । अहिले बाम गठबन्धनले जिल्ला सदरमुकाममा बिशाल र्यालीको निकालेको छ ।