काठमाडौं/ गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीले अग्रता लिइरहेको छ । नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभा का उमेदवार डा.बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् ।

डा. भट्टराईले २७ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत प्राप्त गरेका छन् ।

भट्टराईलाई नेपाली कांग्रेसको साथ रहेको छ भने श्रेष्ठलाई एमालेको साथ रहेको छ ।