[caption id="attachment_63062" align="alignleft" width="426"] प्रदिप भण्डारी उमेद्धार सुनसरी क्षेत्र नं १ (क)[/caption]

मंसिर २१ गते प्रदेस सभा र केन्द्रिय प्रतिनिधी सभाको निर्वाचन हुदै छ । यो निर्वाचनसँग देशले आर्थिक विकास र संबृद्धिको गति लिनेमा मतदाताहरु विश्वासमा छन् । उमेद्धारहरुलेपनि अहिले मतदाता रिझाउन आफ्ना चुनावी एजेन्डा लिएर घरघरमा पुगेका छन् । यसै सन्धर्वमा हामीले सुनसरी क्षेत्र नम्बर १ (क)का प्रदेस सभाका वाम गठबन्धनका साझा उमेद्धार प्रदिप कुमार भण्डारीसँग ब्लाष्टकर्मि योगेशबाबु काफ्लेले गरेको कुराकानी गरेका छन् । प्रस्तुत छ भण्डारी सँग गरिएको कुराकानीको संम्पादीत अंश चुनावी अभियान कसरी अगाडी बढ्दै छ ? बिषेशतःमतदातासँग घरघरमै पुगेर मत माग्ने,उहाँहरुका गुनासा सुन्नेकाम गरि रहेका छौ । जनताले बाम गठबन्धनका उमेद्धारसँग धेरै अपेक्षा र विश्वास गरेको छौ ।जनतासँग घरदैलोमा जाँदा गुनासोहरु सुन्ने र बुझ्ने काम भएको छ,जनताका गुनासालाई म जुन ठाउमा पुग्छु त्यहि ठाउबाट सम्बोधन गर्ने प्रण गरेको छु । प्रदेशसभा तर्फ सुनसरी क्षेत्र नम्बर १ को (क)बाट उमेद्धारी दिनु भएको छ,यो उमेद्धारी किन र के का लागि ? मेरो उमेद्धारी भनेको धरानको समग्र विकासकालागि हो । धरानको विकास गर्ने सवालमा एमालेले जसरी पाँच बर्षे,२० बर्षे भिजन बनाएको छ त्यो भिजनलाई पुरा गर्न मेरो उमेद्धारी हो । अरु कुनैपनि दलले धरानको विकासका लागि चुनावको बेला घोषणा पत्र बनाउने बाहेक अरु कुनै योजना बनाएको सुन्नमा आएको छैन,मलाई लाग्छ,अरुले बनाएकोपनि  छैन । एमालेले बनाएका भिजन अनुसार नै आज धरानको विकास भई रहेको छ,अरु दलको घोषणा पत्रका कतिपय बुदाहरु एमालेका योजनाहरुलाई घुमाउरो पारामा कपी गरेको पाईन्छ । हामीले ल्याएको बिस्तृत भिजनको सफल कार्यान्यन गर्न मेरो उमेद्धारी हो ।

तपाईहरुले तयार गर्नु भएको भिजनमा के के कुरा छन् ? पहिलो कुरा त धरानको विकासको मुद्धा हो । धरानका सेउती,सर्दु,खहरे जस्ता खोलाहरुको नियन्त्रण गर्ने बिषय,धरानमा विमानस्थल बिनाउने बिषय,धरानमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जस्तै सुबिधा सम्पन्न धरान सिटी हस्पीटल बनाउने बिषय,धरानको वडा नम्बर ६ मा औधोगिक ग्राम बनाउने बिषय,धरानको खानेपानी समस्यालाई दिर्घकालिन समाधान गर्ने बिषय,धरानमा रिङरोड बनाउने बिषय,धरानमा बिश्वबिद्यालय स्थापना गरेर यहाँका मातृभाषाहरुको पठनपाठन सञ्चालन गर्ने बिषय,धरानलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न,धरानको २० नम्बर वडामा पर्ने विष्णुपादुकामा कृषि उत्पादनको नमुना क्षेत्र बनाउने जस्ता भिजनहरु हामीले तयार गरेका छौ यसलाई पुरा गर्न मेरो उमेद्धारी हो । तपाईहरुले उठाउनु भएका कतिपय भिजनहरु त केन्द्रिय सरकारको योजनामा पर्नु पर्ने देखिन्छ,तपाई प्रदेश सभामा उमेद्धारी दिनु भएको छ,केन्द्रिय सरकारसँग कसरी योजना ल्याउनु हुन्छ ? यहाँ धरानबासीले बुझ्नपर्ने के छ भने अहिले हामी वाम गठबन्धनको तर्फबाट उमेद्धारी दिएका छौ । देशैभरि वाम गठबन्धनको माहोल बनेको छ ।गठबन्धनको उदेश्यभ नेको अब वाम गठबन्धनले केन्द्र प्रदेश र स्थानिय तहमा आफ्नै सरकार बनाउने योजना हो । जस अन्र्तगत धरानमा एमालेले नै स्थानिय सरकारको नेतृत्व गरेको छ,अव प्रदेसमापनि वाम गठबन्धनकै सरकार बन्ने र केन्द्रमापनि गठबन्धनकै सरकार बन्ने हो भने धरानका धेरै योजनाहरु पुरा गर्न हामीलाई कुनै समस्या पर्दैन ।

केन्दूीय सरकारका लागि धरानबाट वाम गठबन्धनका तर्फबाट जयकुमार राईले उमेद्धारी दिनु भएको छ,प्रदेश सभामा क्षेत्र १ को क बाट मेरो र ख बाट एमालेका सचिव तथा पुर्व मन्त्रि भिम आचार्य उमेद्धार हुनुहुन्छ । अझ भनौ भिम आचार्य त प्रदेस नं १ को मुख्यमन्त्री नै हुने लगभग पक्का छ,त्यसैले स्थानिय,प्रदेस र केन्द्रय सरकारमा धरानको सिधा पहुच बन्ने हुनाले धरानबासीले वाम गठबन्धनलाई मत दिन आबश्यक छ ।पाहुना उमेद्धारले धरानको लागि केही गर्छ भन्ने आस गर्नु बेकार हुन्छ । धरानमा वाम गठबन्धनको अवस्था चै कस्तो छ ? मलाई लाग्छ वाम गठबन्धनको धरानको जस्तो सुमधुर र सौहार्द पुर्ण अवस्था अन्यत्र विरलै होला ।वाम गठबन्धनका नेता,कार्यकर्ता र उमेद्धारहरु अरु सबै कुरा छाडेर अब धरानको विकास गर्न लागि पर्नु भएको छ,सिंगो देशलाई नै विकास गर्ने महान अभियानमा धरानका बाम गठबन्धनका साथीहरु लागि पनर्् भएको छ ।एकताले मात्र विसका सम्भव हुन्छ भन्ने कुरा धरानले पुष्टि गर्दैछ । प्राय सबै दलले धरानलाई प्रदेसको राजधानि बनाउने दावी गरेका छन्,तपाईको घोषणा पत्रमापनि ती कुराहरु उल्लृेख छन्,धरानलाई प्रदेसको राजधानि

–धरानको बिकास मेरो पहिलो मिसन हो –बहुजातीय संग्राहलय दक्षिण एसियाकै नमुना बनाउने प्रयास गर्छु –सर्दु,सेउती र खहरेहरु नियन्त्रणको काम सुरु गर्छु –विमानस्थल निर्माण र सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिने कार्य अगाडि बढाउछु –बहुभाषिक बिद्यालय र बहुभाषिक बिश्वबिद्यालय सञ्चालन गर्न तत्काल पहल थाल्छु । –धरानलाई प्रदेसको राजधानि बनाउने आधार सहित अभियान थाल्छु

बनाउन अन्य दलको भन्दा फरक आधार तपाईहरु सँग के छ ? अन्य दलले जस्तो हामी जनतालाई भ्रम छर्ने काम गर्दै नौ । म सुन्दै छु लोकतान्त्रीक गठबन्धनका साथीहरु धरानमा राजधानि बनाउछौ भनि रहनु भएको छ रे ।ए वावा अहिले सरकार उहाँहरुकै हातमा छ,पहिले घोषणा गरेर देखाउनु परो नी । आफु सरकारमा हुदापनि घोषणा गर्न नसक्नेले पछि गर्न सक्ला,विश्वास गर्ने आधार के ?अहिले हाम्रो सरकार छैन,हामीले तर्क संगत हिसाबले सरकालाई धरानमा राजधानी बनाउनु पर्छ भनेर दबाब दिने हो,हामीले त्यसकालािग तर्क पेस गर्ने हो ।

अव आधार के के छन त भन्दा पहिलो कुरा धरान शैक्षिक केन्द्रको राजधानि भनेर अहिले पनि भनिन्छ,धरानमा नभएको विश्वबिद्यालय र पठाई नहुने कुनै बिषय नै छैन,अर्को कुरा स्वास्थ्य केन्द्रको राजधानि पनि धरान भनिरहेका छौ,धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जस्तो दक्षिण एसियाकै नमुना स्वास्थ्य केन्द्र यो प्रदेसमा कहि छैन,अर्को कुरा धरान खेलकुदको राजधानि भनिरहेका छौ,धरानमा जति खेलकुद यो प्रदेसको अरु कुन ठाउमा हुन्छ ?धरान बाहेक यसको अर्को जवाफ नै छैन,धार्मिक र सांस्कृतीक केन्द्र धरान हो,धरानको जस्तो धार्मिक,सांस्कृतीक बिबिधता अन्य ठाउमा छैन,यहाँको हावापनि सदाबहार छ,धरान सभागृह नमुना सभागृह बन्दैछ,रङगशाला बन्दै छ,पर्यटनको केन्द्रपनि धरान,यो १ नम्बर क्षेत्रमा खुल्ला जग्गापनि प्रसस्त छ,सुचना र सञ्चारको राजधानिपनि धरान नै हो ,यस्ता धेरै आधार छन् धरानलााई राजधानि बनाउने । हामी यस्ता आधारहरुका आधारमा राजधानि बनाउने पुर्ण प्रयासमा छौ । तपाईलाई त कार्यकर्ता र कतिपय मतदाताले त भावि मन्त्रीको रुपमा पनि चर्चा गरेको पाइयो,खास कुरा चै के हो ? धरानबासी मतदाताको चाहान र पार्टीले आवश्यक्ता ठानेर जिम्मेवारी दियो भने म मेरो जिम्मेवारी लिन पछि हड्दीन ।कुशलता पुर्वक जिम्मेवारी निभाउछु ।त्यो जिम्मेवारी पाइपछिपनि धरानको विकास मेरो पहिलो कदम हुने छ । विगत लामो समय म शैक्षिक क्षेत्रमा सकृय थिए,राजनैतिक आन्दोलनमा सकृय थिए ,त्यहाँ मैले गरेको नेतृत्वबाट सन्तुष्ट भएर नै कार्यकर्ता र मतदाताले त्यो अपेक्षा गर्नु भएको हुन सक्छ । तपाई विजयी भएपछि यो क्षेत्रकालागि पहिलो काम के गर्नु हुन्छ ? मेरो पहिलो काम भनेकै मतदातबाट ब्यक्त भएका अपेक्षालाई पुरा गर्ने र हाम्रो घोषणा पत्रमा उल्लेख कार्यक्रमलाई पुरा गर्ने हो ।स्थानिय सरकारले सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिन घर नम्बर वितरण सुरु गरेको छ,अब प्रदेस सरकार बनेपनि आबश्य निती बनाएर सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिने काम प्राथमिकतामा पर्छ,धरानका सर्दु,सेउती,खहरे जस्ता खोलाको नियन्त्रण,बहुभाषिक विद्ययालय र विश्व विद्यालय सञ्चालनमा पहिलो कदम हुने छ,बहुजातीय संग्राहलयको निर्माणलाई सम्पन्न कामलाई प्राथमिकतामा राखेर गर्छु,बुढासुब्बा,दन्तकाली,पिण्डेश्वर,विष्णुपादुका,बराहक्षेत्रको एकिकृत विकास,धरान १४ को विजयपुर दरबार क्षेत्रको संम्रक्षण र पुनःनिर्माण,मुस्लीम समुदायका बिद्यार्र्थीकालािग मदरसा,चर्चहरुको संम्रक्षण,थाउजेण्ड बिग बुद्ध निर्माणका लािग आवश्य ठाउ पहिचान गरेर निर्माण गर्ने कामहरु मेरो पहिलो प्राथमिकतामा पर्छन । अन्यमा मतदातालाई के भन्न चाहानु हुन्छ ? अहिले सुनसरी क्षेत्र नम्बर १ का तिनै जना उमेद्धार वाम गठबन्धनका साझा उमेद्धारहरु उठ्नु भएको छ उहाँहरुलाई सुर्य चिन्हमा मतदान गरेर विजयी गराउन म मतदाताहरुमा अनुरोध गर्छु । स्थानिय सरकार देखी केन्द्रय सरकार सम्म गठबन्धनकै सरकार बनाएर धरान र सिंगो देशकै बिकास गर्ने अभियानमा यहाँहरुको मत जाने छ भन्ने विश्वास लिएको छु ।हामी ताजा र साझा उमेद्धार भएकाले यो क्षेत्रको विकास गर्न आतुर छौ यहाँहरुले सुर्य चिन्हमा मतदान गरेर बहुमतले विजयी गराउनु हुन्छ भन्ने विश्वास छ ।