
धरान/ आगामी पौष ४ गते मंगलबार 'मेगा लाइभ कन्सर्ट २०१७' धरानको पब्लिकहार्इ स्कुल मैदानमा हुने भएको छ । १९७४ एडी ब्याण्डका पुर्व सदस्य गायक एड्रिन प्रधान आफ्नो नँया फ्रेन्ड्स ब्याण्डका साथमा धरानकाे स्टेजमा ओर्लिने भएका छन् ।
यो मन त मेरो नेपाली हो , नभन मेरो , सम्बोधन , शिशिर झैँ ,खैरो कपाल लगायत दुर्इ दर्जन गीत मेगा लाइभ कन्सर्टमा प्रस्तुत गर्दैछन । धरानमा गीत गाँउदा आफुलाई बेग्लै आनन्द आउने बताउने गायक एड्रिन प्रधानले नेपाली बब मार्ली भनेर चिनिने गायक गंगा बरदान लगायत धरानका थुप्रै नया-पुराना कलाकारहरूसँग स्टेज सेयर गर्दैछन्।
गृहनगरका गायक नवराम राई , रमेश राई, जेलर्स ब्याण्डका गायक मनोज मोते र द अर्थ ब्याण्डका चर्चित गायक शिव लामिछानेकाे प्रस्तुति रहने छ । तुहिन लिम्बु र साक्थिम योङग्या लगायतका नया प्रतिभाहरुले समेत आफ्नो प्रस्तुति कन्सर्टमा देखाउने भएका छन्।
टुर्बाेग बियरकाे प्रस्तुतिमा भएकाे मेगा लाइभ कन्सर्टमा मिस पुर्वान्चल २०१६ फस्ट रनरअप इक्सा मादेन र मिस पुर्वान्चल २०१७ रुबी लिम्बुले कार्यक्र सञ्चालन गर्ने भएका छन् ।
'मेगा लाइभ कन्सर्ट २०१७' नेपाल क्लब हङकङकाे आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा रहने छ ।