मोरङ क्षेत्र नम्वर ३ चुनावी रौनक तातिएको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजका पूर्व प्रवन्ध निर्देशक डा. सुनिल शर्माले यहाँका जनतालाई दिएको स्वास्थ्य सुविधाले पनि यो क्षेत्रको चर्चा चुलिएको छ । मोरङको वेलवारी स्थायी घर भएका डा. सुनिल शर्माले त्यस क्षेत्रमा मात्र नभई पूर्वाञ्चलका विभिन्न स्थानमा गरिब तथा विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सम्वन्धी शिक्षा दिदै आएका छन् । आउ“दो मङ्सिर २१ गते हुने प्रतिनिधी सभा विर्नाचनमा मोरङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट उमेद्वार बनेका डा. शर्माको चुनावी एजेण्डा र त्यस क्षेत्रको विकासका बारेमा ब्लाष्टकर्मी बाबुराम सुवेदीले गरेको कुराकानीको सम्पादीत अंशः

[caption id="attachment_62497" align="aligncenter" width="1280"] डा. सुनिल शर्मा[/caption] ‘यहाँका लोहन्द्रा खोला, डाँस खोला, मोरङी खेला, चिसाङ खोलालगायत यस क्षेत्रका खोलालाई उचित तटबन्धन बाँध्ने र यहाँका सुकुम्वासी वस्तीका मानिसको समस्यालाई समाधान गर्ने योजना बनाएको छु । चुनावी एजेण्डा – सुकुम्वासी समस्याको समाधान । – नदी नियन्त्रणका लागि तटबन्धन निर्माण । – एक लाख रुपैयाँको जीवन विमा । – तीन सय विद्यार्थीलाई एमवीवीएस तथा सिटिइभीटीका स्वास्थ्य सम्वन्धी कोर्ष निःशुल्क पढाउने । – तीन वटा हस्पिटल खोल्ने । – अन्तराष्ट्रिय स्तरको खेल मैदान । – सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने । – फराकिला सडक कालोपत्रे । साना सडकमा स्तरोन्ती । – विपन्न परिवारलाई निःशुल्क उपचार । – युवा स्वरोजगार कार्यक्रम ल्याउने । चुनाव आउनै लाग्यो । निकै व्यस्त हुनुहुन्छ होला, होइन ? – हो, चुनावको मिति आउनै लाग्यो यो वेला व्यस्त नहुने कुरै भएन । हुन त म यस क्षेत्रको लागि नया“ अनुहार होइन । तर, पनि आम दाताको घरमा पुग्नु मरेको कर्तव्य हो । साथै कुन ठाउँमा के समस्या छ, भोली कसरी त्यस क्षेत्रको विकास गर्न सकिन्छ र यहाँका जनतालाई अधिकार र विकासको महसुस गराउन पनि चुनाव अघि मैले यहाँका आम मतदाताको घरमा पुगेर उनीहरुका कुरा सुन्ने प्रयास गरेको छु । विभिन्न स्थानमा चुनावी सभा पनि भइनै रहेका छन् । त्यसले गर्दा पनि व्यस्त नै छु । लामो सय कम्युनिष्टले चुनाव जित्दै आएको यस क्षेत्रनै तपाईले किन राज्नु भयो ? – हो, यो लामो समयदेखि कम्युनिष्टहरुले जित हासिल गर्दै आएको क्षेत्र हो । तर, यहाँका जनताले अहिलेसम्म आफ्ना हक अधिकार प्राप्त गर्न सकेनन् । विकासको आस्वासन मात्रै दिइयो । विकासको सपनाहरु बाँडिए पनि अहिलेसम्म यहाँका जनताले त्यसको महसुस गर्न पाएनन् । यहाँका सुकुम्वासीलाई झन् सुकुम्वासी बनाउने काम भयो । मलाई सुकुम्वासीको नाममा राजनीति गर्नु छैन । उनीहरुलाई सेवा सुविधा र राज्यको नागरिक महासुस गराउने हामी राजनीतिक दलको दायित्व हो । तर, यस अघि यहाँ सुकुम्वासीलाई आस्वासन मात्रै बाँडियो । भरतमोहन अधिकारीदेखि त्यस पछि पनि कम्युनिष्टहरुलाई यहाँका जनताले जिताउँदै आउनु भएको छ । तर, के पाउनु भयो । अहिलेसम्म यहाँको विकास कहाँनेर देखियो । यहाँका जनता कतिले राजगार पाए ? कति ले शिक्षा पाए ? यो विषयले मलाई छोइ रहेको छ । म त्यसै पनि यहाँको स्थानीयवासी भएकोले यहाँको विकास गर्नका लागि नै मैले यही क्षेत्रबाट उमेद्वारी दिएको हो । तपाईका चुनावी एजेण्डा के के छन् ? – म भनेको दुई छाक भात खान नपाउने परिस्थितीबाट यहाँसम्म आएको मान्छे । झुपडीमा बस्ने, बगरमा गिटी चालेर जिवन यापन गर्ने मानिसको समस्या मैले बुझेको छु । मान्छेको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको आर्थिक, शैक्षिक र स्वास्थ्य हो । म जनतालाई नचाइदो आस्वासन बाँडेर भोट बटुल्ने पक्षमा छैन । यस अघि गरेका काम पनि यहाँका जनताले देखि सक्नु भएको छ । गरिब तथा विपन्नहरुको पिडामा यस अघि पनि सेवा गर्दै आएको छु । नोवेल मेडिकल कलेजमा अहिले पनि जानु भयो भने यहाँका मात्र होइन पूर्वका विभिन्न भेगका सयौं गरिव मान्छे निःशुल्क उपचार गरिरहनु भएको पाउनु हुनेछ । यो क्रम निरन्तर रहने छ । म यहाँको माटोमा जन्मिएको, हुर्किएको मान्छे । मैले यहाँका सडक निर्माणमा समेत व्यक्तीगत लगानी गरेको छु । मलाई यहाँका मानिसको पिडा थाहा छ । त्यसका साथै विकास निर्माणको पाटोमा यहाँका ठूला सडक कालोपत्रे गर्नेदेखि लिएर कृषी क्षेत्रमा पनि लगानी बढाउने वातावरण बनाउँछु । तटबन्धन र पूर्वाधारमा केन्द्रीय योजना पारेर यहाँका जनतको आर्थिक हैसियत बढाउन चाहन्छु । यहाँका ८५ प्रतिशत मान्छे कृषीमा आश्रित हुनुहुन्छ । याक्चनाघाटको आसपासमा तमोरमा ड्याम बनाएर तमोरबाट २०÷२५ किलोमिटरको टडेल बनाएर लोहन्द्रालगायतका खोलाबाट एकै साथ यस क्षेत्रका कृषी योग्य जमिनको सिचाई र विद्युत उत्पादन गरेर ठूलो आम्दानी गर्न सकिन्छ । अर्को कुरा यहाँ सिमिसार क्षेत्र छ । सिमसारलाई व्यवस्थित गर्न सकियो भने पोखरा भन्दा बढी पर्यटक तान्न सकिन्छ । यहाँका लोहन्द्रा खोला, डाँस खोला, मोरङी खेला, चिसाङ खोलालगायत यस क्षेत्रका खोलालाई उचित तटबन्धन बाँध्ने र यहाँका सुकुम्वासी वस्तीका मानिसको समस्यालाई समाधान गर्ने योजना बनाएको छु । तपाई नोवेल मेडिकल कलेजको पूर्व सञ्चालक पनि हुनुहुन्छ, भोट माग्न निःशुल्क स्वास्थ्य शिविर गरेको भन्ने सुनिन्छ नि ? – होइन, तपाई नोवेल मेडिकल हस्पिटलले अहिले शिविर सञ्चालन गरेको होइन । विगत ४/५ वर्षदेखि पूर्वाञ्चालका विपन्न वस्ती वस्तीमा गएर नोवेलका चिकित्सकहरुले सेवा दिदै आउनु भएको छ । गाउँ गाउँमा गएर बुझ्नु होस् नोवेलले कहिले र कहाँ कहाँ यस्तो सेवा दिइरहेको छ । पूर्वाञ्चलका अधिकाँश गाउँका वासिन्दाले भन्ने छन् । मेरो पक्षमा माहोल बनेको देखे पछि बाम गठबन्धनका साथीहरुले लगाएको आरोप मात्रै हो । नोवेलले यस्ता निःशुल्क स्वास्थ्य शिविर हिजो पनि गरेको थियो । आज पनि गर्दैछ । भोली पनि गर्नेछ । के जनतालाई कसैले सेवा दिन पाउँदैन ? पूर्वका कुनै पनि वार्ड नोवेलका चिकित्सक नपुगेको ठाउँ छैन होला । तपाईले त्यसको तथ्याङ्क हेर्न सक्नु हुनेछ । त्यसो त तपाईले विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा समेत दिइरहनु भएको छ । यसबाट तपाईले के फाइदा छ ? – मलाई यो विषयमा फाइदा घाटासँग दाँजेर नहेर्नुहोस् । राती सुत्दा होस् या फुर्सद् हुँदा मेरो बाल्यका सम्झिन्छु । गरिविको कुरा आउँछ । मलाई झुपडीको पिडा थाहा छ । पैसाको कारणले उपचार नपाएका गरिव र झुपडीका मान्छेलाई उपचार गराउन मलाई प्रेरित गर्छ । तर, मैले त्यसलाई सेवा गर्ने अवसरका रुपमा लिएको छ । अव बच्चा पढाउने कुरा रहयो । झुपडीका मान्छले डाक्टर बन्ने सोचेका पनि हुँदैनन् । सिटीइभीटीका स्वास्थ्य सम्वन्धी कोर्ष गर्ने कल्पनै गरेका हुँदैनन् । त्यसमा पनि मलाई मेरा बाल्यावस्थाले झकझक्याउँछ । अनि गरिव र झुपडीमा पुग्छु नपुगेका ठाउँमा खवर पठाउँछु । र त्यस्ता बच्चालाई विना पैसा डाक्टर बनाउँछु, विना पैसा स्टाफ नर्स बनाउँछु । रेडियोग्राफर बनाउँछु । मैले यो मोरङको लागि मात्रै होइन मसँग सम्पर्क भएका र साँच्चै विपन्न परिवारका बच्चालाई हिजो पनि पढाउँदै आएको थिएँ, आज पनि पढाइ रहेको छु, भोली पनि पढाउने छु । मुसहर, झाँगड, सतार, दलित परिवारका गरिव जनतालाई पढाउँदै आएको छु । आगामी तीन वर्ष भित्रमा तीन सय जना यस्ता विद्यार्थीलाई निःशुल्क पढाउँछु । तीन वर्ष पछि फेरि भेटुनु भयो भने को को पढाएँ भनेर लिष्ट दिन सक्छु । यस क्षेत्रका जनताले तपाईलाइनै भोट किन हाल्ने ? – त्यसो त यहाँका जनता यस पटक पनि कम्युनिष्ट नेताले दुई दशक भन्दा बढी देखि बाँडेका सपनामा पर्नु हुन्न । मुलुकको लोकतन्त्र रक्षा गर्ने एक मात्र पार्टी नेपाली काँग्रेस र यहाँको विकास चाहने जनताले लोकतान्त्रिक गठबन्धनमा भोट हाल्नु हुनेछ । हाम्रो अभियान देखेर थुप्रै एमाले माओवादीका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरिसक्नु भएको छ । यो क्रम अझै बढेर जानेछ । किन भने यहाँका जनतालाई विकास, सुविधा, रोजगार जाहिएको छ । यहाँ वर्षेनी बाढीबाट पिडित परिवारले उचित आश्रय खोजेका छन् । सुकुम्वासी वस्तीमा अधिकार र विकासका साथै अवसर चाहिएको छ । त्यो कारण पनि म लगायत नेपाली काँग्रेसको टीमलाई विजयी गराउन यस क्षेत्रका जनता लागि पर्नु भएको छ । म उहाँहरुलाई विस्वास घात हुन दिने छैन । नोवेल मेडिककल कलेज माफर्त जुन सेवा दिदै आएका छौं । अबको योजना भनेको राज्यको श्रोतबाट भयो भने त्यसबाट नभए व्यक्तीगत पहलबाट नोवेलबाट तीन वटा शाखा खोल्ने छु । वेलवारी, कानेपोखरी र पथरीमा २५÷२५ वेडका तीन वटा हस्पिटल खोल्ने छु । यो मेरो प्रतिवद्धता हो । स्वास्थ्य विमा कार्यक्रममा नेपाल सरकारले जति गर्छ त्यो बराबरको स्वास्थ्य विमा मेरो व्यक्तीगत र नोवेल मेडिकल कलेजको तर्फबाट दिन तयार छु । यस क्षेत्रका लागि ५० हजार सरकार र ५० नोवेलको तर्फबाट विमा गराउने प्रतिवद्धता जनाउँछु । यस क्षेत्रका हरेक मान्छेको एक लाखको विमा हुनेछ । यस क्षेत्रमा अन्तराष्ट्रिय स्तरको फुटवल स्टेडियम बनाउने छु । त्यसको लागि अन्तराष्ट्रिय संघ संस्थासँग पनि कुरा गरेको छु । जनताले पत्याइ दिनु भयो भने म त्यो पनि काम गर्न तयार छु । नियमित हुने विकासका कुरा छ छँदैछन् । सिचाईको कुरा पनि भनि हाले । सिमसार पर्यटनको योजना पनि छ । जस्ले लाखौं पर्यटकलाई भित्र्याएर यहाँका जनताले आर्थिक उपार्जन गर्न सक्छन् ।

अन्य जित्ने आधारहरु के के छन् ? – मलाई यहाँका जनताले मत नदिएलान् भन्ने नै लाग्दैन । म त्यसै पनि यही क्षेत्रको मान्छे । अहिले बाम गठबन्धनले तेह्रथुमका भानुभक्त ढकाललाई यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने उहाँ पाँच वर्ष फर्केर आउनु हुन्छ हुँदैन त्यो यहाँका जनताले राम्ररी बुझेका छन् । हिजो मैले यस क्षेत्रका जनतालाई विना स्वार्थ गरेको सेवा चुनाव जित्दा होस् वा हार्दा त्यो म बाट पछि हट्ने छैन । यहाँका जनताको लागि पनि विकास चाहिएको छ नि त्यसको लागि पनि यहाँका जनताले उचित निर्णय गर्ने बेला आएको छ । मान्छे जहाँ हुर्कियो त्यस क्षेत्रको माटोमा बढी माया हुँदो रहेछ । बाहिरको मानिस ल्याउँदा कुनै पनि बेला त्यो माटोमा उसले वेइमानी गर्न सक्छ । त्यसले गर्दा म यही माटोमा जन्मिएको, हुर्किको मान्छे हुँ । मलाई यहाँको माटोको माया छ । यहाँका वासिन्दा प्रति चिन्ता छ । म यहाँको धर्ति पुत्र हुँ । मलाई के विस्वास छ भने यत्रो ठूलो इतिहास पढेर आउनु भएका कम्युनिष्ट साथीहरुले जन्म भूमिको कुरा छ, भूमि पुत्रको कुरा छ । बाहिरबाट हेलिकम्टरमा चढाएर प्यारासुटमा झारेर एमाले माओवादीका साथीहरुले तेह्रथुमबाट भानुभक्त दाईलाई उठाउनु भएको छ । यहाँ भएका कम्युनिष्ट राजनीतिका हस्तीलाई नपत्याएर वाम गठबन्धनका नाममा एमाले तेह्रथुमका भानुभक्त ढकाललाई उमेद्वार बनाइएको छ । म यस क्षेत्रको मान्छे हुँ त्यो कसैलाई पनि स्वीकार हुन सक्दैन । हिजो प्रचण्डले सिराहामा जितेर के भयो । उहाँ कति पटक आफ्ना मतदातालाई भेट्न फकिएर आउनु भयो । के के विकास गर्नु भयो ? त्यो यहाँका जनताले राम्रोसँग बुझेका छन् । सिरहाको जस्तो परिस्थिती नआउनका लागि पनि मलाई यहाँको जनताले साथ दिनु हुनेछ । एक पटक अवसर दिनुहोस् म काम गरेर देखाउँछु ।