विराटनगर (ब्लाष्ट) / विराटनगरमा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमा ‘ग्रेडेड ट्यालेन्ट हन्ट’ को पहिलो अडिसन सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगिताको पहिलो अडिसन सोमबार स्कूल परिसरमा सम्पन्न भएको हो ।

ग्रेडेड ट्यालेन्ट हन्टमा तीन वटा विधा समावेश गरिएको छ । पहिलो अडिसनमा कक्षा ३ देखी १० सम्म अध्ययन गर्ने १ सय जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । ४ चरण पार गरेपछि उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो चरणमा एक सय जनाबाट ६५ जना छनौट भएको प्रिन्सिपल सुवालले बताए ।

उनका अनुसार उत्कृष्ट प्रतिभा देखाउने विद्यार्थी छनौट गरीएको जानकारी दिए । जसमा गायनतर्फ २८, नृत्यमा २७ र अभियनमा १ जना छनौट भए । प्रतियोगिताको फाइनल भने फागुनमा हुनेछ । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय प्रत्येक विधामा छनौट गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षण ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।