(रासस)। बिहान भएको बम विस्फोटमा परी दुइजना प्रहरीको मृत्यु भएको छ । प्रहरीकाे मृत्यु भएकाे खबर स्थानीय सञ्चारमाध्यमहरुले दिएका छन् । उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ । पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो । यस आक्रमणमा परी प्रहरी जनरल मुहमद असरफ नुर र उनको अङ्गरक्षकले ज्यान गुमाएका बताइएको छ । यी प्रहरी अधिकारी आफ्नो कार्यालयतर्फ गइरेहको अवस्थामा सो आक्रमण भएको प्रहरीले जनाएको छ । यस आक्रमणबाट प्रहरी अधिकारीको सवारी साधान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।