पहिलो चरण अन्र्तगतको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउँन मात्र आठ दिन बाँकी छ । मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ भने प्रदेश नं १ अन्र्तगत सात वटा जिल्लामा निर्वाचन हुन लागेको हो । संविधानको कार्यान्वयनका लागि हुन लागेको यो निर्वाचनमा केन्द्रिय र हेभिवेट नेताहरु प्रदेश सभाको उम्मेदवार बनेका छन् । यिनै मध्येका एक हुन शेरधन राई । एमाले पोलिब्युरो सदस्यसमेत रहेका राई प्रदेश सभा भोजपुर क्षेत्र नं २ का वाम गठबन्धनका साझा उम्मेदवार हुन् । २०५६ सालमा भएको संसदीय निर्वाचनमा २८ बर्षकै उमेरमा सांसद भएर सिंहदरबार छिरेका राई २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा सभासदमा निर्वाचित भए । यसबीचमा राई संसदको सबैभन्दा शक्तिशाली मानिएको सुशासन तथा अनुगमन समितिको सभापति भए भने केपी ओली नेतृत्व सरकारको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारको प्रवक्ता समेत भए । दुई पटक निर्वाचित सांसद, सभासद र मन्त्रीसमेत भएका राईको प्रदेश सभामा उम्मेदवारीले सर्वत्र चर्चा पाएको छ । राईलाई प्रदेश नं १ को भावी मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । यीनै विषयमा केन्द्रित रहेर राईसँग ब्लाष्ट टाइम्स दैनिकले गरेको कुराकानी: तपाईको उमेदवारी किन र केका लागि ? मेरो उमेदवारी प्रदेशलाई, देशलाई योग्य नेतृत्वको (लिडरसीप) खाँचो छ त्यो पूरा गर्नका लागि हो । हामीले नयाँ युगको निर्माण गर्नुछ, देश बनाउनुछ, जनताको विकास र समृद्धिको चाहनालाई ठोस ढंगले तीब्र गतिमा अगाडि वढाउनुछ । देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र हाम्रो स्वाभिमान र स्वाधिनताको रक्षाका लागि बलियो भूमिका खेल्नुछ । यसरी उपरोक्त ऐतिहासिक अभिभारा र चुनौतीहरुको सामना गर्दे देश र जनताको हितमा निष्ठापूर्वक काम गर्न मेरो उमेदवारी भएको कुरा सहर्ष रुपमा राख्न चाहन्छु । के छन् तपाईंका चुनावी एजेण्डाहरु ? चुनावी एजेण्डाहरुमा संविधानको कार्यान्वयन, देशमा स्थायी शान्ति, राजनीतिक स्थिरता, सु्शासन कायम गरी जनताको एकमात्र विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि वढाउँदै क्षेत्र र जिल्लाको भौतिक पूर्वाधार विकासमा जोड दिने, विद्युतसेवा र स्वच्छ खानेपानीको सुविधा पाँचवर्ष भित्रमा प्रत्येक घरमा पु¥याउने, शिक्षा र स्वास्थ्यको पहुँचलाई सरल र सुलभ वनाउने, पर्यटन विकास र प्रवद्र्धनमा जोड दिई आन्तरिक र वाहय पर्यटकहरुलाई हजारौ, लाखौ संख्यामा आर्कषित गर्ने र आर्थिक क्रियाकलापसहित रोजगारीको अवसर सिर्जना गर्ने, युवा उद्यम विकासमा जोड दिइ रोजगारीको अवसर सिर्जना गर्ने, खेलकुद विकासमा जोडदिने, कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गरी उद्योगको रुपमा विकास गर्ने, संचारको पहुँच इन्टरनेटसेवा सहित सवै ठाउँमा पु¥याइसक्ने लगायतका एजेण्डाहरु प्रमुख हुन । प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? यसपटक हामीहरु एक्लै चु्नाव लडिराखेका छैनौ । देशको ऐतिहासिक आवश्यकता र जनताको चाहना र भावनालाई आत्मसात गर्दै हामी वामप्रगतिशील शक्तिहरुको साझा गठवन्धनका आधारमा चुनाव लडिराखेका छौ । केही अप्ठयारो र असहज हुने नै भयो तर यतिवेला सम्ममा हामीले छुट्टाछुट्टै र संयुक्त वैठक, भेला र सभाहरुको माध्यमवाट हामीले सवै असहजता, कौतुहलता र खुल्दुलीहरुलाई सम्बोधन र समाधान गरिसकेका छौ । यतिवेला संयुक्त चुृनावी प्रचार अभियानहरु तीव्र गतिमा चलिराखेका छन, सभा, भेटघाट र घरदैलोमा हामीहरु ब्यस्त छांै । भोजपुरमा वामगठवन्धनको माहोल कस्तो छ ? स्वभाविक रुपमा चुनावी सरगर्मी वढेको छ । अझ त्यसमा पनि वाम गठवन्धन बनेपश्चात् आम मतदातामा बेग्लै उत्साह छ । त्यत्तिमात्र होइन जनलहर एकलौटी रुपमा वामगठवन्धनको पक्षमा उर्लिएको छ । भोजपुर आफैमा कम्युनिष्टहरुको लाल किल्ला हो । त्यसमा पनि वाम तालमेल र हामीहरुको गठवन्धनले त अरु सबै तिलमिलाई राखेका छन । जे होस मतदाताहरुको माहोल वामगठवन्धनको पक्षमा छ । तपाई चौथोपटक चुनावी मैदानमा हुनुहुन्छ, मतदाताहरुवाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? हो म चौथोपटक चुनाव लडिराखेको छु । मेरो उमेदवारीले भोजपुरवासी मतदातामा बेग्लै गौरव र उत्साह छाएको छ । यसकारण कि मैले भोजपुरको माटोमा जन्मिएर यही माटोको सेवामा त्याग, सर्मपण, नैतिक मूल्य र इमानको राजनीति गर्दै मैले जुन राजनीतिक उचाई र हैसियत बनाएको छु र फेरि उम्मेदवार बनेको छु, यसमा सिंगो भोजपुरले गौरव गरिराखेको महशुुस प्रत्यक्ष रुपमा गरिरहेकोछु । यतिबेला जनता पहुँच र हैसियत भएका, दिनसक्ने, डाडुँपन्यू हातमा लिएर काम गर्नसक्ने नेता र जनप्रतिनिधि चाहन्छन्, म त्यो हैसियतमा चुनाव लडिराखेको छु । यसो भन्ने वित्तिकै मेरो उम्मेदवारीले जिल्लामा बेग्लै उत्साह छाएको छ सवै मतदाताहरुवाट मैले अत्यन्तै राम्रो रेन्सपोन्स पाइरहेको छु । तपाईलाई लक्षित गरेर वमप्रहार भएको छ यसलाई कसरी हेर्नुभएको छ ? के हुनसक्छ यसको कारण र तपाईलाई नै लक्षित किन ? हो, म मेरो निर्वाचन क्षेत्रको एउटा चुनावी सभालाई संवोधन गर्न जाँदै गर्दा यही कार्तिक २८ गते मलाई भौतिक रुपमै सिध्याउने गरि म चढेको गाडीमा बम र १० राउण्ड गोली एकैचोटी प्रहार भयो । सिधै मेरो हत्या गर्ने गरी सुनियोजित रुपमा साँघातिक हमला भएको छ । भाग्यवश म बाँँच्न सफल भएको छु । मेरो अंगरक्षक घाइते हुनुभएको छ । यस घटनाबाट म अत्यन्तै गम्भीर भएको छु, हामी गम्भीर भएका छांै । यसप्रकार मलाई प्रहार हुनुपर्ने कुनै कारण छैन । मेरो न कोहीसंग राजनैतिक दुश्मनी छ, न व्यक्तिगत नै । मलाई भोजपुर जिल्लाको गौरव र सम्पतिको रुपमा यहाका मतदाताहरुले मानेको पाएको छु । मैले सिर्फ राजनीति देश र जनताको हीत र स्वार्थलाई केन्द्रमा राखेर गरिराखेको छु । मैले आफनो जिन्दगी र जवानीको सम्पूर्ण समय भोजपुरे जनता र सिंगो देशवासीको लागि सुम्पिएको छु । यसरी त्यागको, निष्ठाको, नैतिक मूल्य र इमानको राजनीति मैले गर्दै आएको छु । र, नै आज मैले यो राजनीतिक उचाइ प्राप्त गरेको छु । जहाँसम्म मलाई नै आक्रमण किन र कसरी भन्ने सवाल छ यसमा अहिले यतिमात्र भन्छु । यतिबेला देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु अत्तालिराखेका छन, सल्बलाई राखेका छन । उनीहरु संविधानको कार्यान्वयन चाहदैनन् । शान्ति, स्थिरता, सुरक्षा र सुशासन चाहदैनन् । नेपालको विकास र समृद्धि चाहदैनन, त्यसकारण निर्वाचन भाँड्न चाहन्छन् । उनीहरु जसका लागि उमेदवारहरुको हत्या गर्न चाहन्छन्, त्यसप्रकार मलाई निशाना भएको पनि हुनसक्दछ । मेरो लोकप्रियता र चुनाव भारी मतले जित्ने सुनिश्चिता देखिएपश्चात र मैले आफूले भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिराखेको बेला मलाई सिध्याउनको लागि योजनाबद्ध हमला गरिएको त हैन ? गम्भिर आशंका छ । अर्कोतर्फ मेरो निष्ठाको राजनीतिलाई समाप्त गर्न, मैले प्राप्त गरिरहेको राजनीतिक उचाईलाई रोक्नका लागि अनेकौ प्रपञ्चहरु रचेर एउटा संगठित अपराधिक गिरोह धेरै ठूलो धनराशी खर्च गरेर विभिन्न रंग, रुप र भेषमा सक्रिय हु्दै आएको र मलाई भौतिकरुपमा सिध्याउन योजनावद्ध रुपमा सक्रिय रहेको सूचनाहरु मैले एकवर्ष अगाडि देखि नै प्राप्त गर्दै आएको थिए । यसरी यी सूचनाहरु समेतलाई जोडेर हेर्दा म माथिको आक्रमण योजनावद्ध र विल्कुल सुनियोजित रुपमा ठाडै हत्या गर्ने गरी आक्रमण भएको छ । म ज्यादै गंभीर वनेको छु । घटना रहस्मय वनेको छ । मलाई विश्वास छ, रहस्य समयक्रममा खुल्दै जानेछ । हामीले भनेका छौ सांघातिक हमलामा संलग्न दोषीहरुको खोजी गर, पत्ता लगाउ, कार्वाहीको कठघरामा उभ्याऊ । त्यसका लागि उच्च स्तरीय समिति बनाउ । हामीले सरकारलाई प्रष्ट भनेका छौ । यो घटनावाट म विचलित छैन बरु अरु बढ्ता जिम्मेवारीवोधको महशुस मैले गरेको छु । तपाईलाई आगामी प्रदेश नं १ को मुख्यमन्त्रीको दावेदारको रुपमा आँकलन गरिदैछ नि ?तपाई आफैले पनि भरखरै भन्नुभयो । के छ कारण ? निश्चय नै मेरो उमेदवारीले सर्वत्र चर्चा पाएको छ र यो स्वाभाविक पनि छ यसकारण कि म दुई÷दुई पटक केन्द्रिय प्रतिनिधि सभा र संविधान सभामा निर्वाचित भएर भूमिका खेलिसकेको, संसदको महत्वपूर्ण संसदीय समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेको, त्यतिमात्र होइन संविधान जारी भएपश्चात वनेको ऐतिहासिक सफल र लोकप्रिय सरकारको सूचना तथा संचारमन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारी सफलतापुर्वक सम्हालिसकेको नेता र व्यक्ति प्रदेशसभामा चुनाव लडिराखेको छु । भन्न वित्तिकै मैले भनिरहनु पर्दैन भइरहेको अनुमानको बारेमा । म प्रष्ट रुपमा प्रदेश नं १ को प्रदेश सरकारको नेतृत्व गर्ने गरी मुख्यमन्त्रीको लागी चुनाव लडिराखेको छु । जहाँसम्म मेरा एजेण्डाको कुरा छ अहिले म यतिमात्र भन्छु म बलियो इच्छाशक्ति भएको, लोभ र स्वार्थ दिमागमा एक कञ्चो नभएको, केही गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना भएको व्यक्ति र नेता हो । त्यसैले म यो त्यो गर्छु भनेर गफ र भाषणमा होइन । म प्रदेशको विकास र समृद्धिलाई योजनावद्ध रुपमा अगाडि वढाउँछु । प्रदेश नं १ आफैमा विकास र समृद्धिको हिसावले हेर्ने हो भने अत्यन्तै राम्रो संभावना भएको प्रदेश हो । तराई, पहाड र हिमाल जोडिएको भुगोल, विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार र ७ हजार भन्दा वढीका अग्ला हिमालहरु र नेपालको सवभन्दा होचो ठाउँ झापाको केचना पनि हाम्रै प्रदेशमा पर्दछ । हाम्रा दुई ठुला छिमेकी मुलुकहरु संगको प्रत्यक्ष नाका सम्वन्ध उत्तर तर्फ चीनसंग किमाथांका र ओलाङ्गचुङगोला र दक्षिणतर्फ भारतसंगको प्रत्यक्ष सम्वन्ध प्रदेश नं १ संग जोडिएको छ । साँस्कृतिक धार्मिक स्थलहरु चाहे त्यो वराहक्षेत्रधाम होस, हलेसीधाम वा पाथीभरा, वुढासुव्वा र मनकामना होस यही प्रदेश्मा पर्दछन । झण्डै कुल विद्युत उत्पादन क्षमताको एकतिहाई विद्युत उत्पादन क्षमता वोक्ने अरुण नदी, तमोर नदी, सुनकोशी र दुधकोशी मात्र होइन थुप्रै नदी, खोला नालाहरु यही प्रदेशमा छन । पर्यटकीय हिसावले सवभन्दा सुन्दर रमणीय स्थलहरु, तालतलैया संयौ पोखरीहरु हामीसंग छन । थुप्रै जाती, प्रजातीका वन्यजन्तुृ, चराचुरुङ्गी, पुतलीहरु, लालीगुराँश लगायतका फूलहरु, विश्वमै दुर्लभ मानिने रेडपाण्डा, दुम्सी र सालकहरु यही प्रदेशमा पाइन्छ । कृषि उत्पादनको उर्वर भूमीमा पर्छ हाम्रो प्रदेश । यसो हुदाँ मैले यो प्रदेशलाई मुलतः विकास गर्दा कृषि, जलश्रोत र पर्यटनलाई मुृख्य आधार वनाउनु पर्दछ भन्ने म ठान्दछु । तपाई विजयी भएपछि अझ भनौ मुख्यमन्त्री हुनुभयो भने भोजपुरको लागी तपाईको पहिलो काम के हुन्छ ? अनि प्रदेश नं १ को पहिलो काम के हुनेछ ? आगामी निर्वाचनमा म विजयी भएपश्चात प्रदेश सरकारको जिम्मेवारी प्राप्त गरेको अवस्थामा मेरो पहिलो काम भोजपुरको लागि सदरमुकामलाई व्यवस्थित आधुनिक र आर्कषक सुविधायुक्त शहर वनाउने, सडक सञ्जालले जनतालाई सवै मौसममा नियमित रुपमा जोडने र सकेसम्म सवैको घरमा उज्यालो पु¥याउने अर्थात विद्युत सेवा उपलव्ध गराउने र स्वच्छ खानेपानीको सुविधा एकघर एकधारा पु¥याउनु हुनेछ । अन्यमा आफुले जाहेर गरेको प्रतिवद्धता वमोजीम कामलाई अगाडि वढाउनु मेरो प्राथमिकता हुनेछ । जहाँसम्म प्रदेशको कुरा छ पहिलो त प्रदेशको केन्द्र र नामांकन टुंग्याउनु हुनेछ । त्यसपश्चात मैले कृषि, पर्यटन र जलश्रोतलाई मुृख्य विकास र समृद्धिको आधार वनाउनुपर्छ । सवभन्दा पहिला विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल वनाउने कुरा मेरो प्राथमिकतामा पर्नेछ । संगैसंगै मैले सडक संजालको हिसावले एकैदिनमा चीन, भुटान, वंगलादेश र सिक्कीमलाई जोड्ने गरी सडक निर्माण कार्यलाई तिव्र गतिमा अगाडि वढाउनु हुनेछ । धरान, विराटनगर लगायतका ठाउँमा रहेका औद्योगिक क्षेत्रहरुको विकास प्रर्वदन, उत्पादन र निर्यात क्षमताको विकास र अधिक रोजगारीको अवसर सिर्जन गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । त्यस्तै सिंगो प्रदेशको विकासलाई ध्यानमा राखी अधिकतम उद्योग धन्दा र कलकारखानाहरुको विकास गर्ने नीजि क्षेत्रलाई प्रोत्साहित गरी उत्पादन र निर्यात क्षमता सहित रोजगारी सिर्जना गर्नु आफनो विशेष प्राथमिकता हुनेछ । अन्तमा तपाईका मतदाताहरुमा के भन्न चाहानुहुन्छ ? जिल्लावासी र क्षेत्रवासी मतदाताहरु अत्यन्तै गौरव महशुस गरिरहनु भएको छ । भोजपुरे जनता एवं सवै मतदाताहरु सचेत हुनुहुन्छ । मैलै केही भनिरहनु पर्दैन, यस पटक म दिन सक्ने अथवा आफनै हातमा डाडुँपन्यू लिएर पस्कने हैसियतमा म चुनाव लडिराखेको छु । यो कुरा सवै मतदातालाई राम्ररी थाह छ त्यसैले मलाई अत्यधिक भारी मतले जिताउनु हुने कुरामा म विश्वस्त छु । र, हार्दिक अपील पनि गर्दछु ।