इटहरी/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश नम्वर १ मा संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको प्रदेश स्तरीय कार्यालय इटहरीमा शुक्रबार सो घोषणा पत्र सार्वजनि गरिएको हो ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेकपा एमालेका प्रदेश प्रमुख भीम आचार्य, तथा नेकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सावित्रीकुमार काफ्लेसहित अन्य नेताहरुको सहभागिता रहेको थियो । स्वाधिनता, समृद्धि र समाजवादका आधार एक नम्वर प्रदेशमा वामपन्थीको सरकार भन्ने मुल नाराका साथ घोषणा पत्र ८० बुँदामा समेटिएको छ ।

घोषणा पत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको लोकतन्त्र सहितको नेपाली मौलिक विशेषताको समाजवाद स्थापनामामा प्रतिवद्धा जनाएको छ । यस्तै स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र, सामाजिक रुपान्तरण, समृद्ध र सवल आधुनिक राष्ट्र निर्माण बनाउने भन्दै दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउनुका साथै अन्य प्रदेशमा निर्यात गर्नेगरी तुल्याउने घोषणा पत्रमा उल्लेख छ । संयुक्त घोषणा पत्रमा आगामी ५ वर्ष भित्र चुरे पहाड क्षेत्रलाई वन्यजन्तु आरक्षण क्षेत्र घोषणा गरी उचित संरक्षण गरिने वन क्षेत्रमा भएको अतिक्रमण तथा तस्करी रोक्न कठोर निती लिइने जनाइको छ । यस्तै आगामी १० वर्ष भित्र एक नम्वर प्रदेशमा कम्तिमा पनि ५ वटा नेशनल पार्क, ३ वटा वायोस्फेयर जोन र १४ वटा विशेष संरक्षित क्षेत्र, १४ वटा संरक्षित सिमसार र ३ वटा वन्यजन्तु आरक्षको स्थापना गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

१० वर्ष भित्र नेपालमा ५० लाख पर्यटहरु भित्र्याउने बाम गठबन्धनो लक्ष्य पुरा गर्न भारत र चीनसँग हवाई तथा रेल मार्ग सुलभ बनाई एक नम्वर प्रदेशमा आगामी ५ वर्ष भित्र एक नम्वर प्रदेशमा पर्यटकहरुो संख्या ५ लाख पु¥याइने जनाएको छ । सामाजिक विकास, सामाजि न्याय र समावेशी विकास अन्तरगत प्रदेशको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने, उच्च शिक्षा सुलभ बनाइने, आधारभूत स्वास्थ्य सेवा सुलभ बनाइने र एक घरः एक महिला रोजगारो कार्यक्रम लागू गर्ने कार्यक्रम अन्तरगत गणतन्त्रको उपहार एक परिवार एक रोजगारको नारालाई प्रत्याभूत गराउने घोषणा पत्रमा उल्लेख छ । आगामी ५ वर्ष भित्र सामुहिक आवास गृह स्थापना गरि असहाय ज्येष्ठ, विपन्न र सीमान्तकृत नागरिको उचित व्यवस्थापनो सुरुवात गर्ने पनि जनाइएको छ । साथै राज्य सुविधा परिचय पत्र लागू गर्ने, राष्ट्रिय जीवन सबै क्षेत्रमा पूर्ण समानुपाति नीति लागू गर्ने प्रकृया अन्रतगत तत्काललाई कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गरिने पनि बाम गठबन्धनको घोषणा पत्रमा उल्लेख छ ।

सुशासन, न्यायमा पहुँच र मानव अधिकारको प्रवद्र्धनमा जोड दिदै जनताको जीउ धन र व्यक्तीगत सम्पत्तिो रक्षा गर्न कानुनी राज्यो पालना गरिने र सूचनाको हकको सम्मान गर्दै आम जनताहरुलाई सुशासनको प्रत्याभूति दिलाउने घोषणा पत्रमा प्रतिवद्धता जनाइएको छ ।