विराटनगर/नेपाली काँग्रेसले आफ्नो पकेट क्षेत्रको रुपमा दावी गर्दै आएको सो क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरुको व्यक्तित्वका कारण पनि रोचक प्रतिष्पर्धा हुने देखिएको छ । अन्य निर्वाचन क्षेत्रका उम्मेदवारमा प्रतिनिधिसभाका उम्मेदवारको बारेमा मात्र चर्चा भएपनि मोरङ ६ मा प्रदेशसभाका उम्मेदवारहरु पनि चर्चामा छन् ।

सो निर्वाचन क्षेत्र अन्तरगत बाम गठबन्धतर्फबाट प्रदेश सभाको ‘क’ बाट जीवन आचार्य, ‘ख’ बाट रमेश पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । काँग्रेसबाट प्रदेश तर्पको ‘क’ मा चुमनारायण तवदार र ‘ख’ मा केदार कार्की मैदान उत्रिएका छन् । यस क्षेत्रमा प्रदेशतर्फ पनि वाम गठवन्धन र काँग्रस बिचनै तिव्र प्रस्तिपर्धा हुने देखिएको छ ।

विशेष गरी थारु र क्षेत्री ब्राम्हण समुदायको अधिक वाहुल्यता रहेको छ यस क्षेत्रमा । माओवादी अध्यक्ष प्रचण्डसँग पारिवारिक सम्बन्ध जोडिएका आचार्य चुनाबी मैदानमा रहेका आचार्य शाालिन व्यक्तिको रुपमा मतदाताबीचमा पुगिरहेका छन् । प्रदेशसभामा आचार्यको प्रतिष्पर्धी नेपाली काँग्रेसका तवदार मैदानमा छन् । उनी विराटनगर ४ का पूर्व वडाअध्यक्ष हुन् । २०५४ सालमा वडा अध्यक्ष बनेका तवदार २०५९ सालमा वार्डको दैनिकी चलाएर बिदा भएका थिए ।

केही समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सक्रिय रहेका उनी त्यसपछि निस्कृय बसेका थिए । अहिले विजयकुमार गच्छदार काँग्रेसमा प्रवेश गरेपछि उनकै कोटामा तबदार उम्मेदवार बनेका हुन् । थारु समुदायको भएकै कारण थारु बहुल क्षेत्रबाट केही मत बढाउनसक्ने भएपनि जितका लागि भने तवदारले चर्कै पापड बेल्नुपर्ने देखिएको छ । त्यसमाथि अघिल्लो संविधानसभामा गच्छदारले सभासद बनाउने आश्वासनसहित समानुपातिक उम्मेदवार बनाएपछि शिक्षकको जागिर छाडेकी निरा भगत संघीय समाजवादी फोरमबाट प्रदेशसभमा उम्मेदवार बनेपछि तवदारलाई चुनौति थपिएको हो ।

सामाजिक अगुवाको परिचय बनाएकी भगतले काँग्रेस र यसअघि फोरम लोकतान्त्रिकमा रहेकाहरुको मत तान्ने देखिएपछि आचार्यलाई त्यसको फाइदा पुग्ने अनुमान गरिएको छ । सोही क्षेत्रको प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका रमेश पोखरेल गठवन्धनको उम्मेदवार बनेका छन् । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष रहिसकेका पोखरेलको प्रतिष्पर्धामा काँग्रेसबाट बुढिगंगा गाउँपालिकामा घर भएका केदार कार्की उम्मेदवार बनेका छन् । मोरङ –६ को तथ्यांक स्थानीय निकाय मत परिणाम कांग्रेस र लोकतान्त्रिक फोरम : २७,९९७ वाम गठबन्धन : २६,३८० जम्मा मतदाता संख्या : १, १०, ३१०