शनिश्चरे । मोरङको सुन्दहरैंचाकोे गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै विहीवार सुन्दरहरैंचा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ ।

केही समयअघि विवादका कारण सम्पन्न हुन बाँकी रहेको नगरपरिषदको यसबेला सहमति जुटाएर नीति कार्यक्रम सहित ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैंयाँ वरावरको बजेट समेत सार्वजनिक गरेको छ ।

नगरले आर्थिक विकासमा १ करोड ५ लाख बजेट छुट्याएको छ भने सामाजिक विकासमा २ करोड १ लाख, पूर्वाधार विकासमा ४ करोड ४५ लाख बाताबरण तथा बिपद ब्यबस्थापनमा १ करोड ३० लाख सार्वजनिक सेवा त्था क्षमता विकास कोषमा १ करोड ४४ लाख सहितको बजेट प्रस्तुत भएको नगरपाकिाका प्रमुख शिव ढकालले बताए । उनले १ नम्बर प्रदेशको राजधानी नगर क्षेत्रको पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रमा निर्माण गर्नु उपयुक्त हुने धारणा समेत अघि सारेको उल्लेख गरे ।

नगरको आन्तरिक आय भने ९ कारोड ४४ लाख ४४ हजार ८ सय ९४ रुपैया हुने अनुमान गरिएको छ । एक बर्ष भित्रमा नमूना नगर बनाउने समेत नगर परिषदमा जनाइएको छ । नगरपरिषदले पहिलो पटक शव वाहनको समेत ब्यबस्था गर्ने भएको छ । बेलबारीमा रहेको लोहान्द्रा तथा सुन्दरहरैचा र इटहरीको सिमामा रहेको बुढीखोलाको समाधिस्थलसम्म शब निशुल्क पुर्याउने समेत निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत गणेशराज कार्कीले जनाए ।