[caption id="attachment_60683" align="aligncenter" width="1024"] तस्विर : अनिल श्रेष्ठ[/caption]

विराटनगर/ उम्मेदवारमाथि भइरहेको आक्रमण रोक्न र दोषिलाई तत्काल कारबाही गर्न यूवा संघ नेपाल र वाइसिल नेपालले माग गरेको छ । संयुक्त रुपमा उनीहरुले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै यूवा संघ नेपालका १ नम्बर प्रदेश इन्चार्ज पर्शुराम बस्नेतले बाम गठन्धनको उम्मेदवार माथि भएको हिंसात्मक आक्रमण तत्काल नरोके युवाहरु प्रतिकारमा उत्रिने चेतवनी दिए । ‘पछिल्लो समय बाम गठबन्धनको उम्मेदवारमाथि मात्र आक्रमण भइरहेको छ,’ बस्नेतले भने, ‘यस्तो आक्रमण नियोजित देखिएको छ ।’ राज्यले उम्मेदवारको सुरक्षा प्रदान गरी निर्वाचन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनुपर्नेमा उनले जोड दिए ।

निषेतको राजनैतिक अन्त्य गरि स्वच्छ प्रतिस्पर्धामा निर्वाचन आउन युवाहरु आग्रह गरे । कार्यक्रममा बोल्दै यूवा संघ नेपाल मोरङका अध्यक्ष मुकेश बुढाथोकीले संम्बेदनसिल क्षेत्रमा उठेका उम्मेदवारहरुको सुरक्षा प्रदान गर्न सरकारा लाग्नुपर्ने बताए । नेकपा एमाले प्रदेश नम्बर १ का सह संयोजक तथा प्रदेश सभाका उम्मेदवार शेरधन राई, एमाले नेता राजेन्द्र गौतम, नेकपमा माओवादीका नेता वर्षामान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतमाथि आक्रमण घटन श्रृखला बद्ध रुपमा भएपछि युवा संघ र वाइसेलले पत्रकार सम्मेलन गरी आपती जनाएका हुन् ।