शनिश्चरे/नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ५ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभालाई लक्षित गरेर आफनो स्थानीय घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी निकट प्रेस युनियन माइपश्चिमले आयोजना गरेको कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.खगेन्द्र अधिकारी, प्रदेशसभाका उम्मेदवार राजनबहादुर ढुंगाना, घोषणापत्र तयारी उपसमितिका संयोजक डा.नेत्रबहादुर बुढाथोकी र महासमिति सदस्य सुरेश सुब्बाले संयुक्त ?पमा सार्वजनिक गरेका छन् । दमकमा आयोजित कार्यक्रममा सार्वजनिक भएको घोषणापत्रमा दमक, कमल गाँउपालिकाका विभिन्न विकासका योजनाह?लाई समेटिएको छ ।
कार्यक्रममा पार्टीका नगर सभापति रोशन विष्ट, महिला संघकी नगर सभापति मन्दरा पौडेल, घोषणापत्र तयारी उपसमितिका सदस्य यज्ञराज गिरीलगायतको उपस्थिति रहेको थियो ।