धरान । कसैलाई बिरामी भएर उपचार गर्न आथिर्क कठिनाई भो उनै दलमर्दन कामी नै लागि पर्छन। उनी आफैं पनि मुटुको दीर्घ रागी छन् । तर पनि आफ्नो स्वास्थ्यको ख्यालै नगरि उपचारको लागि आर्थिक सहयोग जुटाउन कम्मर कसेर लागि हाल्छन् । उनीसँग अथेष्ट आर्थिक भएर पनि होइन । असतm , दुखी गरिबलाई काँधै हालेर सहयोग गर्ने उनको बानी नै परेको छ ।
लामो समयसम्म पत्रकारिता गरेर धरानलाई कर्मक्षेत्र बनाएका धरान–१७ निवासी दलमर्दन कामी पछिल्लो एक दशक समय अघि देखि काठमाण्डौंमा वसेर सामाजिक सेवा उतिकै सक्रिय छन भने राजनीतिक क्षेत्रमा पनि लागि परेका छन् । अहिले सम्म कामीको सहयोगबाट दर्जनौ दुखी , असक्त र विरामीले जीवन पाएका छन् । उनको त्यो उद्धार रुपी मानवीय भावनाबाट प्रभावित भएकाहरुले जीवनभर उनको गुणलाई विर्सन सक्दैनन् ।
केही दिन यता भोजपुरको दम्मानाकी १४ वर्षीया एक दलित बालिकालाई स्थानीय सन्तोष श्रेष्ठले बलत्कार गरी मार्ने प्रयास गरेको समाचार पनि उनै कामीले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका थिए । अहिले पीडितको उपचार पनि उनकै कारण आर्थिक सहयोग संकलन गरेर भैरहेको छ भने पीडक श्रेष्ठलाई प्रहरीले पक्राउ गरि कार्वाहीको लागि अन्तिम चरणमा पु¥याएको छ । यस्ता दुखी दरिद्रसग जोडिएका अन्यायका घट्नाहरु उनका जीवनमा अनेकन छन । काठमाण्डौ अस्थायी रुपमा वसोवास गरेर अत्यन्तै सक्रिय भएका दल मर्दन कामी पटक पटक कर्म स्थल धरान आइरहन्छन् । यो वखत पनि उनी धरानमा नै आइपुगेका छन ।
उनी अहिले चुनावी दौडधुपमा पनि उतिकै लागि परेका छन् । राजनीतिक क्षेत्रबाट राज्यको नीति निर्माण तहमा पुगेर कामीले अझै सेवाका काम गर्ने चाहना वमोजिम सुनसरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा प्रत्यक्षतर्फबाट उम्मेद्वारी दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पाटी नेपालबाट उनको उम्मेद्धवारी हो । चुनावी चिन्ह भनेका उनको आँखा रहेको छ । नयाँ शक्ति पार्टीमा क्रियाशिल हुँदै आएका छन् । अहिले नयाँ शक्ति पार्टीको १ नम्बर प्रदेशका प्रवक्ता समेत हुन् । दलमर्दन धरानमा मोसा सिलवालका नामबाट समेत परिचित छन् । केन्द्रीय राजनीतिमा होमिए पछि काठमाण्डौंमा परिवारसहित अस्थायी बसोबास गर्दै आएका दलमर्दनले स्थानीय निर्वाचनमा धरानबाटै मतदान गरेका थिए ।
तर दलमर्दनलाई पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेद्वारमा सिफारिस गरेको भएता पनि आफु प्रत्यक्षबाटै चुनावमा प्रतिष्पर्धा गर्न चाहेको बताए । उनले १ नम्बर प्रदेशको राजधानी धरानलाई बनाउने र धरानको समग्र विकासका लागि नयाँ शक्ति पार्टीले लिएको आर्थिक समृद्धिको नारालाई साकार पार्न आफ्नो उम्मेद्वारी रहेको दाबी गरेका छन् । उनले धरानका उत्पीडित जातजाति, अल्पसंख्यक धार्मिक समुदाय, सुकुम्बासी, दलित, आदिवासी जनजाति, उत्पीडनमा परेका क्षेत्री बाहुन आदिको सम्मानजनक मत पाउने विश्वास व्यक्त गरेका छन् । उनीसँगै नयाँ शक्ति पार्टीको प्रतिनिधिसभाका लागि पदम बहादुर राई र प्रदेश सभा (ख)बाट गोकुल थापालाई पार्टीले टिकट दिएको छ ।