विराटनगर/ आपूर्तीमन्त्री छँदा भ्रष्टचारी र कालोबजारी गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत भएर राष्ट्रिय चर्चा कमाएका माओवादी केन्द्रका शिवकुमार मण्डलसँग पूर्व संसद काँग्रेसका नेता अमृत अर्याल बिचको चुनावी प्रतिस्पर्धा रोमान्चक देखिएको छ । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको निर्वाचनमा उत्रिएका समकालिन नेता बिचको प्रतिस्पर्धा रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

बाम गठबन्धनबाट उम्मेदवारी दिएका मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी अभियान तीब्र पारेका छन् भने उता काँग्रेसका उम्मेदवार आर्यालयले पनि घरदैलो अभियनलाई अगाडी बढाएका छन् । यसअघि मोरङको क्षेत्र नं. ४ बाट निर्वाचित मण्डल अहिले साविकको ४ र ५ नम्बर क्षेत्रका भुभाग समेटिएको क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि सुरु भएको चुनाबी अभियानमा आम मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

मण्डलले चुनाबी अभियानको क्रममा रंगेली कांग्रेसका नेता प्रदीप साह, पुनम सापकोटा तथा फÞोरमका दिलिप मण्डल, रामबाबु यादव, रामबाबु मण्डललगायतलाई पार्टीमा प्रवेश गराउँदै अभियानलाई तीब्रता दिएका छन् । रंगेली गाविसका पूर्व अध्यक्ष साहसहित १८५ जना माओवादी केन्द्रमा प्रवेश गरेपछि क्षेत्रमा काँग्रेस कमजोर बनेको माओवादीले जनाएको छ । कांग्रेसमा टिकट बितरण गर्दा राम्रालाई भन्दा आफ्नालाई टिकट दिने चरित्र हाबी भएपछि ५ नम्बर क्षेत्रका काँग्रेसका कार्यकताहरुले तिव्र असुनतुष्टि भएको बताइएको छ ।

नेता मण्डलले आफ्नो पार्टी गठबन्धनको अबको बहुमतको सरकार बन्ने भएकोले क्षेत्रको विकास र समृद्धिमा केन्द्रित हुने चुनाबी एजेण्डासहति मतदाताको घरदैलोमा पुगेका छन् । अर्याल पनि आफ्नो एजेण्डा सुनाउदै मतदाताको घरदैलोमा पुगि रहेका छन् । विपरीत पार्टीका भए पनि अर्याल र मण्डल एकअर्काका सहयोगी मानिन्छन् । बाम गठबन्धनबाट उत्साहित भएका मण्डल राजनीतिक स्थायित्व र विकासका लागि वाम एकता गरिएको सन्देश लिएर चुनावी घरदैलोमा छन् । साबिक क्षेत्र नं. ४ बाट दोस्रो संविधान सभा निर्वाचनमा निवाचित भएका मण्डल संविधान कार्यान्वयन र स्थानीय विकासका मुद्दा लिएर हिँडेका छन् ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली बिराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने मण्डलको एजेण्डा छ । विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डासँगै रंगेली बिराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने मण्डलको योजना रहेको उनले बताए । त्यसैगरी रोजगारीको अवसर सिर्जना गर्ने, प्रदेशको राजधानीका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न अनि विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने मण्डलकोे एजेण्डा छ । माओवादी नेता मण्डल चुनावमा उठेको क्षेत्रको करिव ४१ किलोमिटर भारतसँग सीमा जोडिएको छ । सीमा क्षेत्रमा रहेका अवस्थित बसोबासलाई व्यवस्थित गर्ने उनले एजेण्डा अघि सारेका छन् ।

वाम गठबन्धनका नेता मण्डलसँग प्रतिस्र्धामा रहेका अर्यालले विराटनगरलाई प्रदेशको राजधानी बनाउने योजनालाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् । कांग्रेस नेता अर्यालले बिराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने एजेण्डा रहेको बताए । बिराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने आफ्नो एजेण्डा रहेको अर्याल बताउँछन् । साविक क्षेत्र नं ५ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका उनले बिजयी भएपछि आफ्नो क्षेत्रमा महत्वपूर्ण काम सुरु गरेको दाबी गरे । आफूले सुरु गरेका योजना केही बाँकी रहेको बताउँदै उनले बाँकी कार्यभार पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । नयाँ संरचना अनुसार बनेको क्षेत्र नं ५ मा ४१ किलोमिटर भारतसँग जोडिएको क्षेत्र रहेकाले सीमाको सुरक्षा गर्दै सडक स्तरोन्नतिको योजना पनि प्राथमिकतामा रहेको अर्याल बताउँछन् ।

सो क्षेत्रमा स्थानिय तहको निर्वाचनमा कांग्रेसको १६ हजार ३ सय ६९, समाजवादी फोरमको १२ हजार ९ सय ५४ र बाम गठबन्धनको १९ हजार ९ सय ६० मत आएको थियो । संघीय समाजवादीबाट फोरमबाट प्रतिनिधि सभामा राजकुमार यादवल काँग्रेस र गठबन्धनलाई टक्कर दिन मैदान उत्रिएका छन् ।