भोजपुर/ भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् । भोजपुरको ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको बिचको पिखुवा खोलमा १४–१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडीमा क्षति भएको छ । उम्मेदवार राई भने सकुशल छ । अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । सुरक्षामा खटिएका असईले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेका छन् । प्रहरीले उनको हातमा चोट लागेको बताएको छ ।

उज्यालाेअनलाइनबाट