तरहरा/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाई जिवन आचार्य पनि मोरङबाट चुनावी मौदानमा उत्रिएका छन । युवा नेता आचार्य लोकप्रिय भएकै कारण पार्टीले मोरगं क्षेत्र नम्बर ६ क बाट प्रदेश सभामा टिकट दिए पछि उनी चुनावी मौदानमा आएका हुन । मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश ‘क’–मा आचार्य प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । युवा नेता आचार्यले टिकट पाए सँगै अहिले जनताको घरमा घरदैलो गर्न थालेको आचार्यले वताए । उनले भने मेरो स्थायीघर पनि यही हो यहाँबाट चुनाव जितेर म आफ्नो गाउँमा वत्ती बाल्न चाहान्छु । उनले माओवादी अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगा दाहालसंग विवाह गरेका थिए ।
वाम गठवन्धन निर्माण भए सँगै आचार्यको सम्भावना समेत बलियो भएको माओवादीका केन्द्रका केन्द्रिय सदस्य तथा युवा नेता मदन चुडालले वताए । उनले भने मोरगं क्षेत्रनम्वर ६ क मा युवा नेता आचार्यको सम्भावना बलियो छ । बाम गठबन्धनबाट आचार्यले चुनाव जित्ने पक्कापक्की भएको उनको तर्क थियो । उक्त क्षेत्रमा ७० हजार मतदाता रहेको छ ।