ऐतिहासिक संविधानसभाले संविधान जारी गरेसँगै सङ्घीयता कार्यान्वयन हुँदै छ । आगामी मङ्सिर १० र २१ गते सङ्घ र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसबीच प्रदेशहरूको प्रशासनिक केन्द्र राजधानी कहाँ राख्ने भन्ने बहस भए पनि टुङ्गो लागिसकेको छैन । नेपाल सरकारले सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न सङ्घीय तथा प्रादेशिक प्रशासनसम्बन्धी पुनःसंरचना समिति बनाएर काम अगाडि बढाएको छ । यसले निर्वाचनअगाडि नै अन्तरिम केन्द्र तोक्नुपर्ने बाध्यता रहेको छ । प्रदेशको केन्द्र निर्धारण गर्दा विगत, वर्तमान र भविष्यलाई हेरेर निर्णय गर्न आवश्यक छ । प्रदेशका सबै नागरिकहरूलाई कसरी सरल र सहज ढङ्गबाट राज्यको सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा नै राजधानी निर्धारणको मुख्य पाटो हो । यस सम्बन्धमा १ नं. प्रदेशका सबै नागरिकलाई पायक पर्ने स्थान कहाँ हुन सक्छ भनेर यहाँ तुलनात्मक अध्ययन गरिएको छ । मुख्यतः यातायातलाई आधार मानी निष्कर्ष निकालिएको छ । यहाँ २६ वटा पहुँचमार्गहरूको अनुमानित दुरी राखी इटहरी, धरान र धनकुटालाई केन्द्र मानेर तुलनात्मक अध्ययन गरिएको छ ।

बीचमा डाटा

निष्कर्षः १ नं. प्रदेको १४ वटै जिल्लाको सहज पहुचलाई मध्यनजर गर्दा धनकुटा पुग्ने २६ वटा पहुज मार्ग मध्ये १३ वटा पहुचमार्ग धरान हुदै जानु पर्ने देखिन्छ । भने ईटहरी पुग्न समेत १३ वटै पहुच मार्ग धरान हुदै जानु पर्ने हुन्छ । यस्तै ईटहरी हुदै धरान धनकुटा जान ९ वटा पहुचमार्ग पर्दछ भने धनकुटा हुदै धरान ईटहरी आउन ९ वटा पहुचमार्ग पर्द छ । धनकुटामा पहाडी जिल्लावाट आउने ११ वटा पहुचमार्ग छन् भने ईटहरीमा तराई अन्य पहाडी जिल्ला वाट आउने १४ पहुचमार्ग छन् । यस्तै धरानमा सिधै जोडीने पहाडी हिमाली जिल्लाको पहुचमार्ग ११ वटा छन् । तसर्थ यातायत सुविधाको हिसाबले १ नं प्रदेशको केन्द्र धरान नै देखीन्छ । धनकुटाको दक्षिण सागुरीगढी चौविसे गा.पा.हरुलाई अहिले नै धरान पायक परिरहेको छ । तमोर कोरीडोर र रविराके सडक पिच भए पछि ईलामको पर्वी भेग , ताप्लेजुङ र पाचथरका नागरिकलाई पनि धरान नै पायक पर्ने देखिन्छ । यस्तै भोजपुरको दक्षिण पश्चिम क्षेत्र, खोटाङको पुरै दक्षिण क्षेत्र लाई अहले नै धरान पायक परिरहेको छ । निर्माणधिन तमोर कोरीडो, सुनकोसी कोरीडोर , लेगुवा चतरा कोरीडोर, सगरमाथा लोकमार्ग, कटारी गाईघाट चतरा धरान केराबारी कधुमल्ला वैकल्पीक लोकमार्ग निर्माण पुरा भए पछि धरान नै १ नं. प्रदेशको सवै नागरिकहरुको सवै भन्दा पायक पर्ने देखीन्छ । मुख्यमन्त्रीको कार्यालय धरानमा राखी अन्य कार्यालयहरु सुनसरीको ईटहरी, तरहरा,बराहक्षेत्र, मोरङको सुन्दरदुलारी,ईन्द्रपुर ,केराबारी, उदयपुरको रामपुर, बेल्टार, र पर्यटन सम्बन्धी कार्यालय धनकुटाको सागुरीगढी, भेडेटार लगायतमा स्थानमा राख्दा सवैलाई समेटन सकिने देखिन्छ । यी क्षेत्रहरु धरानको २० कि.मी. भित्र पर्ने हुदा बैज्ञानिक हुने समेत देखिन्छ । लेखक ने.क.पा.(माओवादी केन्द्र) केन्द्रिय सदस्य हुन् ।