भद्रपुर/पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले राजनितीमा विस्वास नगरि दाउपेजमा विश्वास गरेका कारण झापा क्षेत्र नम्बर ३ मा राप्रपाको गठबन्धन आउनसक्ने बताएका छन् । प्रतिनिधि सभाको लागि क्षेत्र नम्बर ५ वाट उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न चन्द्रगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आएका  ओलीले आफ्नो उम्मेदवारी दर्ता पश्चात पत्रकारसंग यस्तो बताएका हुन् ।

देशका प्रधान मन्त्री शेरबहादुर देउवाले राप्रपासंग समर्थन गर्ने भन्ने अनि व्यवहारमा लागु नगरेका कारण काँग्रेसलाइ समस्या हुने देखिएको ओलीको भनाइ छ । राजनिती इमानमा चल्नु पर्नेमा काँग्रेसले बेइमानी गरेर आफै अम्मेदवार उठाउदै हिड्नु लज्जास्पद भएको टिप्पणी गरेका थिए । सरकारमा दबसेर प्रतिपक्ष सिध्याउने हल्ला गरेकोमा मन्त्री देउवाको कुनै तुक नभएको उल्लेख गरे । लोकतन्त्रको लडाइमा म जस्तो मान्छे अर्को देखाउन चुनौती दिर्दै समग्र देशको हितका लागि एमाले जहिल्यैपनि अघि रहने उनको भनाइ थियो ।

त्यसैगरि प्रतिनिधि सभाको लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न आएका काग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा ३ नम्बर क्षेत्रमा भएको बामगठबन्धन आफुलाइ अचम्म लागेको बताएका छन् । गणतन्त्रको परिर्वतन बोकेर हिड्ने एमाले र माओवादीले राप्रपासंग गठबनधन हुनु निर्वाचन पछि देखिने कुरा भएको धारण राखेका थिए ।देशमा जति परिर्वतन आएका छन् त्यो सवै काँग्रेसको अगुवाइमा भएको उल्लेख गरेका थिए ।

स्थानीय तहको निर्वाचनले सर्वसक्तिमान बनाएकोले अब हुने दुइवटा निर्वाचनले देशको राजनितीमा परिर्वतन आउने उनको धारणा थियो । संविधान संसोधनमा देखिएको अन्तरलाइ तल्लो तहसम्म जानकारी गराउनु आवश्यक रहेको उनले बताए ।काँग्रेसले विश्वासमा राजनिती गर्ने भएकोले जनताको अभिमत पुरा गर्ने उनले विश्वास दिलाएका थिए ।